अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

बल्ल सहमति जुट्यो सहकारी प्रकरणबारे छानबिन समिति

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ५,

मुलुकमा शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ। यद्यपि सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भइसकेको छैन। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो। शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकबाट सो सहमति जुटेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरुको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताए। उनले समिति बनाउन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने पनि बताए। प्रमुख सचेतक लेखकले टिओआर भने कार्यदलले आइतबार बनाउने बताइएको छ। समिति बन्ने भएसँगै आइतबारको संसद् सहज रुपमा अघि बढ्ने प्रमुख सचेतक लेखकले बताए। ‘आज हामी मुख्य दलको शीर्ष नेताहरुको बैठक बस्यो। प्रधानमन्त्रीजी, नेपाली कांग्रेस सभापतिजी, नेकपा एमाले अध्यक्ष ओलीजी, उपप्रधानमन्त्रीजी लगायतका नेताहरू बस्नुभएको हो। भोलिको सदनको विषयलाई लिएर छलफल भयो। सकारात्मक रुपमा नै अघि बढ्छ। समिति बनाएर जानुपर्छ नै भन्ने हो, सबै सहमत भएकै अवस्था छ। समितिको कार्यादेश के हुने भन्नेबारेमा पनि काम गर्ने कुरा भएको छ। समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक रुपमा समान धारणा बनेको छ, यो उपलब्धि र सकारात्मक रुपमा बुझ्नुपर्छ। कानूनमन्त्रीजीले सहजीकरण गर्नुहुनेछ। संसदीय समिति बनाएर जाने विषयमा सबैको सहमति भएर समान धारणा बनेको छ।’

Like