Saturday, October 17, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

आज सुहाङ नेम्वाङको शपथ ग्रहण हुने

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २६,

मुलुकमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङको शपथ ग्रहण आज हुँदैछ। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङलाई अहिले बिहान ११ बजे सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराउने छन्। अघिल्लो निर्वाचनमा इलाम २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ भएकोमा उनको गत वर्ष भदौमा निधन भएपछि उक्त स्थान रिक्त रहेको थियो। रिक्त स्थानमा वैशाख १५ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए। शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ।

Like