Sunday, October 25, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

गृहमन्त्रीमाथि छानबिन समिति नबनाएसम्म संसद् चल्न दिँदैनौँ, शेखर कोइरालाको उद्घोष

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २२,

मुलुकमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने बताएका छन्। ‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानबिन बनाऔं, सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ? कोइरालाले प्रश्न गरे। बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं-१ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्। यही वैशाख २८ गतेका निम्ति संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरिएको छ। गएको अधिवेशनका पछिल्ला बैठक सोही मागसहित कांग्रेस सांसदले अवरुद्ध गरेका थिए। कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्नेमा जोड दिए। अर्को प्रसंगमा नेता डा. कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दल भन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात् गर्ने समय आएको पनि जिकिर गरे। निर्वाचन प्रणाली नै अहिलेको समस्याको मूल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसद्को पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने समेत प्रष्ट पारे। कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको स्मरण गरे। २०६४ को संविधानसभा पछि लगातार ४ जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने ‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो।’

Like