प्रधानमन्त्रीलाई मन्त्रीहरुले हरेक दिन आफ्नो कामको ‘ब्रिफिङ’ गर्नुपर्ने
रासंसा/काठमाण्डौ, चैत्र २२,
मुलुकमा सरकारका मन्त्रीहरुले आफूले गरेको कामको प्रधानमन्त्री समक्ष दैनिक रुपमा बिफ्रिङ गर्नुपर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुले दैनिक रुपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो। उनले मन्त्रीहरुले हरेक दिन कुन काम राम्रो र ठूलो गरेका हुन् भन्ने कुराको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्ने निर्णय भएको जानकारी दिए। उनले यसो गर्दा मन्त्री र कर्मचारीहरु काम गर्न जागरुक बन्ने उनकाे भनाइ छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सो कुराको जानकारी दिएका हुन्। ‘यो निर्णयले सबै मन्त्रालयलाई, त्यसपछि सबै सचिवहरुलाई र सबै कर्मचारीहरुलाई तताउँछ भन्ने मेरो विश्वास छ। हामी बल गर्दैछौँ।’ प्रधानमन्त्रीले भने। उनले सरकारले गरे अनुरुपको तदारुकता र दृढताका साथ प्रशासन र कर्मचारीहरुले गर्न नसकेको भन्दै यस विषयको कारण खोजी गर्नुपर्ने उल्लेख गरे। कर्मचारी र राजनीतिक तहले काम गर्ने साझा रुपमा प्रयास गर्नुपर्नेमा उनले जोड दिए।