Sunday, October 18, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

आज महाशिवरात्रि के के कहा कहा हुँदै

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २५,

मुलुकमा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना गर्दै शुक्रबार महाशिवरात्रि मनाइँदै छ। मुलुकभरका सबै शिव मन्दिरमा मनाइने यो पर्व काठमाडौंस्थित पाशुपत क्षेत्रमा धुमधामका साथ मनाइँदै आएको छ। ‘बेलपत्र र फूलबाट बनाइएका बात्ती बाटेर १४ फिट अग्ला १० वटा बनाइएका छन्, जुन मन्दिरको पश्चिम ढोकामा निरन्तर १२ घण्टा बालिनेछन्’, उनले अन्नपूर्णलाई भने, ‘बागमती नदीमा २२ गतेदेखि २७ गतेसम्म १८ करोड ५० लाख लिटर पानी भष्मेश्वरसम्म ड्याम बनाएर छोडिएको छ।’ उनका अनुसार, दर्शनार्थीको सहजताका लागि पाँचवटा र्‍याम्प थपेर नौवटा बनाइएको छ। हालसम्म ५ सय नागाबाबा र झन्डै २५ सय साधुसन्त पशुपतिमा आइसकेका छन्। महाशिवरात्रि भगवान् शिव अर्थात् पशुपतिनाथको आराधनाको प्रमुख दिन हो। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजु खत्रीका अनुसार यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको बेलपत्र र फूलबाट विशेष किसिमको बात्ती बनाएर बालिँदै छ।

Like