नेपाल जलबायु नमुना रामप्रसादमा कार्यक्रम

Share to:

रासंसा/भोजपुर, फाल्गुण २०,

मुलुकमा भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रम अन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषि उपजहरुको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन भएपछि किसान अर्गानिक उत्पादमा लागेका हुन् । अर्गानिक खेती विस्तारको लागि पाँच वटा नमुना कृषि सिकाई केन्द्र निर्माण गरिएको छ । सिकाई केन्द्रमा वडा नं. १ मा ४० रोपनीमा र वडा नं ६ मा १५ रोपनी गरी ५५ रोपनी क्षेत्रमा विभिन्न बालीहरु लगाएर किसानलाई अर्गानिक उत्पादनको लागि आवश्यक ज्ञान दिँदै आएको सिप्रेड, इसीमोडका प्राविधिक मोतिमान लिम्बुले जानकारी दिए । सिकाई केन्द्रमा नमुना तरकारी खेती भईरहेको उनको भनाइ छ । मुख्य रुपमा मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित कृषिबाली उत्पादनमा यो कार्यक्रमले सहयोग गर्दै आएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, सिप्रेड, इसीमोड संस्था र रामप्रसादराई गाउँपालिकाको साझेदारीमा नेपाल जलबायु नमूना कार्यक्रम अन्तर्गत आर्गानिक खेतीलाई पहिलो प्राथमिकतामा राखेर यहाँ काम अघि बढाइएको हो । किसानलाई विषदीरहित अर्गानिक उत्पादनमा जोड्न रामप्रसादराई गाउँपालिकाकाको वडा नं. १, ३, ४, ५ र वडा नं. ६ मा आर्गानिक खेती विस्तार थालिएको छ । ‘किसानलाई अर्गानिक उत्पादनमा जोड्न विभिन्न स्थानमा सिकाई केन्द्र स्थापना गरेर आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ’ उनले भने,‘हाम्रो लक्ष्य किसानलाई अर्गानिक उत्पादनमा जोडेर आत्मानिर्भर बनाउनु हो । यो कार्यक्रम सञ्चालनमा आएपछि यहाँका धेरै किसानहरु अर्गानिक खेती प्रणालीमा जोडिएको अवस्था छ ।’ विगतका वर्षबाट वडा न. १ खेनामा नेपाल जलवायु नमूना गाउँ घोषणा गरेर आवश्यक काम भईरहेको छ । यो गाउँमा भईरहेको कामलाई निरन्तरता दिँदै अन्य वडाहरुमा पनि विस्तार थालिएको हो । यो कार्यक्रम कोशी प्रदशेमा भोजपुरको रामप्रसादराई गाउँपालिकामा मात्र सञ्चालन भईरहेको जनाइएको छ। जलबायु अनुकुलन कार्यक्रम अन्तर्गत कृषिलगायत अन्य वातावरण संरक्षण सम्बन्धि कार्य गर्नको लागि यो वर्ष एक करोड ५० लाख बजेट रहेको गाउँपालिकाले जनाएको छ । यो बजेटबाट जलबायु परिवर्तनलाई ध्यानमा राख्दै कृषिसँगै, मुहान संरक्षण, पैदल मार्ग निर्माण, हरित गृह (ग्रिन हाउस) निर्माण, पर्यटकीय क्षेत्रको विकासमासमेत काम भईरहेको छ । जलबायु अनुकुलनका प्रविधिहरु सिकाएर आर्गानिक र स्वास्थ्यकर कृषि उत्पादनमा प्रोत्साहन गरिएको उनको भनाइ छ । कृषि कार्यक्रम अन्र्तगत हरित गृह (ग्रिनहाउस) निर्माण, झोल मल उत्पादनको विषयमा किसानलाई अभ्यासमूलक सिकाईमा आवद्ध गराइएको उनको भनाइ छ । वर्सेनी खतीयोग्य जमिनहरु बाँझिदै गईरहेकाले बाँझो जमिनको सदुपयोग गर्दै किसानलाई अर्गानिक र व्यावसायिक खेती प्रविधिमा जोड्ने योजनाका साथ काम भइरहेको गाउँपालिका अधयक्ष थामबहादुर राईले बताए । यो कार्यक्रम लागु भएपछि धेरै किसान व्यावसायिक अर्गानिक कृषि उत्पादनमा जुटेको अध्यक्ष राईको भनाइ छ । उत्पादित वस्तुको बजारीकरणमा किसानलाई आवश्यक सहयोग गर्दै उत्पादनको आधारमा प्रोत्साहन गर्ने उनको भनाइ छ । किसानलाई विषादीरहित कृषि उत्पादनमा जोड्दै स्थानीयस्तरका सहकारीसँग सहकार्य गरेर व्यावसायिक खेतीमा जोड दिएको वडा नं ६ का वडाध्यक्ष एकराज आचार्यले बताए । वडामा नमूना सिकाई कार्यक्रम सञ्चालन भइरहेकोले किसानलाई थप सहजता भएको उहाँको भनाइ छ । कृषकलाई लक्षित गरेर वडाले आवश्यकताको आधारमा तालिमसँगै प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै प्रविधियुक्त आर्गानिक उत्पादनमा ध्यान दिएको उनले बताए । ‘वर्षेनी खेतीयोग्य जमिन बाँझिदै भएको अवस्था छ’अध्यक्ष राईले भने,‘हामी आयातित विषदीयुक्त खानेकुरामा रमाएका छौँ । अहिले हामी आर्गानिक कृषि उत्पादनमा जुटेका छौँ । धेरै किसानहरुले आर्गानिक उत्पादन गरिरहेको अवस्था छ । हामीले बाँझो जमिनको उपयोग गर्दै आर्गानिक उत्पादनमा जोड दिएका छौँ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ ।’ किसानलाई विषादीरहित कृषि उत्पादनमा जोड्दै स्थानीयस्तरका सहकारीसँग सहकार्य गरेर व्यावसायिक खेतीमा जोड दिएको वडा नं ६ का वडाध्यक्ष एकराज आचार्यले बताए । वडामा नमूना सिकाई कार्यक्रम सञ्चालन भइरहेकोले किसानलाई थप सहजता भएको उहाँको भनाइ छ । कृषकलाई लक्षित गरेर वडाले आवश्यकताको आधारमा तालिमसँगै प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै प्रविधियुक्त आर्गानिक उत्पादनमा ध्यान दिएको उनले बताए । ‘किसानलाई व्यावसायिक र अर्गानिक खेती प्रणालीमा लाग्न आवश्यक सहयोग गर्दै आएका छौँ’ उनले भने,‘मुख्य रुपमा यहाँका बाँझो जमिनलाई प्रयोगमा ल्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । अहिले धेरै किसानहरु व्यावसायिक कृषिमा जुटेको अवस्था छ ।’ विगतबाट गाउँपालिकामा चलिरहेको कृषि सिकाई केन्द्र निर्माण, गोठ सुधार, माटो र सिमेन्टको पोखरी निर्माणलगायतका कामलाई निरन्तरता दिँदै कार्यक्रम आगामी दिनमा अन्य वडामा पनि विस्तार गर्ने योजना रहेको गाउँपालिकाका प्रशासन शाखा प्रमुख अनन्त राईले बताए। नेपाल जलबायु नमूना कार्यक्रमको सहयोगमा १५ रोपनी क्षेत्रमा व्यावसायिक रुपमा आर्गानिक तरकारी खेती गरिरहेको स्थानीयबासी गणेश श्रेष्ठले बताए । यो कार्यक्रम अन्तर्गत विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनले थप हौसाला मिलेको उनको भनाइ छ । हाल रहेका पाँच वटा सिकाई केन्द्रलाई आगामी बर्ष तीन वटा थप गरेर आठ वटा बनाउने , कम्पोष्ट मल उत्पादनको लागि १५ वटा गोठ सुधारका कार्यक्रम थप सञ्चालन गर्ने, किसानको खेर गईरहेको पानीलाई सञ्चित गर्दै तरकारी खेतीमा जोड्न १६ वटा माटो र सिमेन्टको पोखरी निर्माण गरिएको उनको भनाइ छ । आगामी वर्ष थप छ वटा पोखरी निर्माण गर्ने कार्यक्रम रहेको उनले बताए । यहाँ उत्पादन हुने विभिन्न खालका बालीहरुको व्यवस्थापनको लागि मिश्रित बाली, घुम्ती बाली र प्लाष्टिक टनेलमा तरकारी खेती,बालीको जातिय परिक्षण गर्ने, स्थानीय रैथाने बालीको संरक्षण गर्नेलगायत कामलाई प्राथमिकताका साथ अघि बढाएको गाउँपालिकाकाले जनाएको छ । स्याउला तथा गाई गोरुको मलमुत्र तथा गड्यौलाबाट कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारीसँगै अन्य अन्नबाली लगाउनको लागि गाउँपालिकाले योजनाबद्ध रुपमा कामको थालनी गरेको छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र बिषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले अर्गानिक कृषि उत्पादनमा किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिकाको भनाइ छ ।

Like