अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

कप्तान पौडेलको भनाई एसोसियटमा पहिलो बन्ने नेपालको लक्ष्य हो

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ३,

मुलुकमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेपालको लक्ष्य एसोसियटमा पहिलो बन्ने रहेको बताएका छन्। आइसीसी विश्वकप लिग-२ को खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले मुख्य प्रशिक्षकमा मोन्टी देशाई आएपछि नै नेपालको मुख्य लक्ष्य एसोसियटमा पहिलो बन्ने रहेको बताए। ‘२०१९ मा सोचेजस्तो सुरुवात भएको थिएन। तर अहिले सुरुवात नै उत्कृष्ट बनाउनुपर्छ। हाम्रो तयारी पनि राम्रो छ। हामी उत्साहित छौं। आशा गरौं राम्रो हुन्छ,’ उनले भने। ‘मोन्टी सर आएदेखि नै हामीले एउटै लक्ष्य राखेका छौं, त्यो भनेको एसोसियटमा नम्बर वान बन्ने हो,’ कप्तान पौडेलले भने। बिहीबारदेखि टीयु क्रिकेट मैदानमा नेपालले नामिबिया र नेदरल्यान्डससँगको त्रीदेशीय सिरिज खेल्दैछ। यो आइसीसी विश्वकप लिग-२ को पहिलो सिरिजसमेत हो। कप्तान पौडेलले गत सन् २०१९ मा लिग २ को सुरुवात खराब भए पनि त्यो दोहोर्‍याउने छुट आफूहरूलाई नभएको बताए। क्यानडासँगको सिरिज क्लिन स्वीप गरेपछि झनै आत्मविश्वास बलियो भएको उनको भनाइ छ। नेपाली टोलीलाई पीएम कपले पनि धेरै मद्दत गरेको उनले बताए। यद्यपि एक दिवसीय विश्वकप खेलेर आएको नेदरल्यान्ड्स र जिम्बावेलाई पछि पारेर टी-२० विश्वकपमा छनोट भएको नामिबिया आफूहरूको लागि ठूलो चुनौती हुने उनले बताए। त्यस्तै मुख्य प्रशिक्षक मोन्टी देशाईले आइसीसी लिग-२ नेपालका लागि निकै महत्वपूर्ण भएकाले राम्रो तयारी भएको बताए। उनले नामिबिया र नेदरल्याण्ड्स निकै राम्रो टीम भएकाले राम्रो क्रिकेट प्रदर्शन गर्नुपर्ने बताए। त्यस्तै नामिबिया र नेदरल्याण्ड्सका कप्तान र प्रशिक्षकहरुले पनि खेलका लागि आफूहरू उत्साहित भएको र राम्रो नतिजा आउने बताएका छन्।

Like