नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले गरे १७७ औं पटक रक्तदान
रासंसा/डडेल्धुरा, माघ २६,
मुलुकमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालकै सर्वाधिक रक्तदाता,”रक्तदाता सम्राट”,”राष्ट्रिय रक्त नायक”,”रगत महानायक” लगायत अन्य बिभिन्न बिभूषणबाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले १७७औं पटककाे रक्तदान गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियोे ।




नेपाल स्वयंसेवी रक्तदाता समाज डडेल्धुरा जिल्ला शाखा अध्यक्ष उपेन्द्र जाेशीकाे सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा समाजका सल्लाहकार राजेन्द्र पनेरूले कर्माचार्यलाई खादा,दाेसल्ला ओढाएर सार्वजनिक सम्मान गर्नुका साथै सामुहिक तवरले मायाकाे प्रदान गर्नुभएको थियो ।
Like
