अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा सम्पन्न

Share to:

वसन्त घिमिरे/काठमाण्डौ, माघ २६,

सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लि. कलङ्की को १७ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ को अध्यक्षता तथा गण्डकी प्रदेशका पूर्व मन्त्री विकास लम्सालको प्रमुख आतिथ्यतामा कलंकी स्थित खाडादेवी व्याङकेटमा २०८० साल माघ २० गते शनिवारका दिनमा भव्यताका साथ सम्पन्न भएको थियो । अन्य अतिथीहरुमा प्रा.डा. गणेशमान गुरुङ, टुकनारायण अर्याल, जगन्नाथ सुवेदी, श्रीमती रश्मी खड्का गुरुङ, हिक्मत कार्की, दिपक बस्नेत, अस्पतालका प्रबन्ध निर्देशक तथा मेडिकल डाइरेक्टर डा. दिपक श्रेष्ठ, नारायण प्रसाद घिमिरे, अस्पतालका सहायक प्रवन्ध निर्देशक डा. जितेन्द्र श्रेष्ठ, कामपा १४ का वडा अध्यक्ष सुमन श्रेष्ठ, अगाएत अन्य लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रम प्रमुख अतिथिबाट दिप प्रज्वलन गरी उद्घाटन गरिएको थियो । राष्ट्रिय गानका साथै सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । सोही साधारण सभाका प्रमुख अतिथि विकास लम्सालले यस संस्थाको १७ औं वार्षिक साधारण सभाको भब्य सफलता एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै अहिलेको अवस्थामा केही सहकारीले गलत काम गर्दा सहकारीप्रति जनतामा नकरात्मक धारणा पैदा भएको वताउनु भएको थियो । सहकारीले जुन किसिमको फड्को मार्नु पथ्र्यो त्यो सकेन । सहकार्यको माध्यमबाट सहकारी चलाउने, अस्पताल चलाउने, कलेज चलाउने, कार्य भएको छ । अहिले सहकारीमा आएका समस्यालाई समाधान गरी सञ्चालन गर्नुपर्ने धारण राख्नु भएको थियो ।
स्वागत मन्तब्य व्यक्त गर्ने क्रममा प्रा.डा. गणेशमान गुरुङले वर्ष दिनमा सवै शेयर सदस्यबीच भेटघाट गर्ने पर्वका रुपमा आँफुले यो साधारण सभालाई लिएको धारण व्यक्त गर्नु भएको थियो । यसका साथै सहकारीको माध्यमबाट यो अस्पताललाई अझ सुधार गरी लानुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको हुँदा सहभागीहरुले दिनुभएको सुझावलाई मनन गरी आगामी दिनमा अस्पताललाई डोर्‍याउनु पर्ने धारणा गुरुङको रहेको थियो ।
डा. दिपक श्रेष्ठले यो अस्पताल सहिदहरुकै नामबाट स्थापना भएको र अस्पतालमा हालसम्म गरिदै आएका सेवाहरुको वारेमा भिजुयलका माध्यमबाट उक्त वार्षिक साधारण सभामा उपस्थित महानुभावहरुलाई विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।
कोशी प्रदेशका तत्कालिन मुख्यमन्त्री हिक्मत कार्कीले सहिद स्मारक जनस्वास्थ्य सहकारीले सुरुवाती अवस्थाबाटनै अस्पताल सञ्चालन गर्दै आएको जाकारी गराउनु भएको थियो । कामपा १४ का वडा अध्यक्ष सुमन श्रेष्ठले यो अस्पताल १७ वर्ष सम्म अटुट रुपमा संचलान भएको कार्यलाई मैले उत्कृष्ट रुपमा लिएको र यस अस्पतालमा वडाको तर्फबाट के गर्न सकिन्छ त्यसको बारेमा सहयोग गर्न तत्पर रहेको जानकारी गराउनु भएको थियो । मन्तब्यका क्रममा निरकृष्ण ताम्राकारले यो संस्थामा जोडिन पाएकोमा आँफुलाई भाग्यमानी ठान्दै सहकारी सवैका लागि सवैले सहकार्य गर्ने संस्था हो भन्नु भएको थियो । उक्त कार्यक्रममा अध्यक्षको प्रतिवेदन, कोषध्यक्षको प्रतिवेदन र लेखा सुपरीक्षणको प्रतिवेदन प्रस्तुत गरिएको थियो । लेखा सुपरिवेक्षणको प्रतिवेदनमा तीर्थ प्रधान, बरिष्ठ अधिबक्ता उपेन्द्र पौडेल र पत्रकार वसन्त घिमिरेले आ-आफ्नो विचार प्रस्तुत गरेका थिए । अस्पतालमा १५ वर्ष सेवा अवधि पुरा गरेका कर्मचारी डा. दिपक श्रेष्ठ, कल्पना थपलिया, सिर्जना थापा अधिकारी, इन्द्रमाया न्यौपाने, उद्धव खरेललाई आँफुले पाउने एक महिनाको तलव बरावरको रकम र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष तथा १७ औ वार्षिक साधारण सभाका अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ ले यो वार्षिक साधारण सभालाई सफलता पूर्वक सम्पन्न गर्नका लागि उपस्थित हुनुभएका प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथि, सञ्चारकर्मी तथा संस्थाका पदाधिकारी लगायत उपस्थित सबै महानुभावलाई सञ्चालक समितिको तर्फबाट जय सहकारी अभिवादन गर्नुभएको थियो । त्यसपछि उहाँले संस्थाको तर्फबाट भावी योजनाको वारेमा पनि वोल्नुभएको थियो । संस्थाद्धारा सञ्चालित अस्पतालबाट दिइने सेवाहरुमा बालरोग, गाइनो एण्ड अब्स, डेन्टल र आँखा रोगलाई थप स्तरोन्नति गरिने । बालरोगको अन्तरङ्ग सेवा सुचारु गर्ने । गाइनो एण्ड अब्स सेवामा प्रसुति सेवालाई थप व्यवस्थित गर्ने । डेन्टल र आँखा रोग उपचारमा थप सेवा उलपब्ध गराउने । डिस्काउन्ट वार्ड, प्याकेजमा स्वास्थ्य सेवा, विद्यालय स्वास्थ्य सेवा, परिवार स्वास्थ्य कार्ड, स्वास्थ्य बीमा, सेयर सदस्य दुर्घटना बीमा, जस्ता अन्य धेरै कार्यक्रम लागु गरिने जानकारी गराउनु भई १७ औं वार्षिक साधारण सभा अन्त्य भएको घोषणा गर्नु भएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव ओम थपलियाले गर्नुभएको थियो ।
अन्त्यमा अस्पतालका प्रबन्ध निर्देशक तथा मेडिकल डाइरेक्टर डा. दिपक श्रेष्ठले संस्थाका अध्यक्ष तथा १७ औं साधारण सभाका अध्यक्ष सोमनाथ अधिकारीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

Like