अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

भीड र सामाजिक सञ्जाल हेरेर निर्णय गर्न हुँदैन, पूर्व न्यायाधीशसँग प्रधानमन्त्री प्रचण्डले भने

Share to:

रासंसा/काठमाण्डौ, माघ ११,

मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र कानुनको पालना गर्न लगाउन पूर्व न्यायाधीशहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व न्यायाधीश समाजका पदाधिकारीहरुसँगको छलफलमा उनले पूर्व न्यायाधीशहरुले विगतमा संविधान र कानुनमाथि आक्रमण हुँदा आवाज उठाएको बताएका हुन्।

पूर्व न्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्व न्यायाधीशसँगको छलफलमा उनले अहिले केही व्यक्ति समाजको हारमोनी बिगार्न र राम्रो कामलाई पनि नराम्रो प्रचार गर्न लागि परेको भन्दै चिन्ता व्यक्त गरे। उनले पूर्व न्यायाधीशहरुले आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानूनको पालना भए नभएकोबारे निरन्तर निगरानी गरिरहनु पर्ने औल्याए। प्रचण्डले भने, ‘राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न हुँदैन। संविधान र कानूनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्छ।’ उनले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंग र सरोकारवाला सबैको दायित्व भएको धारणा राखे। प्रधानमन्त्रीसँगको छलफलमा पूर्व न्यायाधीशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानूनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव दिए। भेटमा माओवादीका नेताहरुसमेत सहभागी थिए।

Like