ललितपुर जिल्लाको सिडियोमा श्रेष्ठ र प्रहरी परिसरमा खनाल

Share to:

रासंसा/काठमाण्डौ, पौष २०,

मुलुकमा गृह मन्त्रालयले ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सहसचिव तुल्सीबहदुर श्रेष्ठ र जिल्ला प्रहरी परिसरमा शेखर खनाललाई पठाएको छ। इमानदार प्रहरी अफिसर मानिएका खनाललाई त्यहाँ पठाएको गृह मन्त्रालयले जनाएको छ। गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घट्नापछि ललितपुर प्रहरी परिसर एक सातादेखि प्रमुखविहीन थियो। प्रहरी प्रधान कार्यालयले ललितपुरमा जानका लागि सिआइबीमा कार्यरत एसएसपी दिनेश आचार्य र टाफिक प्रहरी महाशाखामा कार्यरत राजेन्द्र भट्ट मध्ये एक जनालाई पठाउने तयारी गरेपनि मन्त्रालयले खनाललाई पठाएको हो। हालसम्म कहीँ कतै विवादमा नआएका खनाल शालिन र भद्र मानिन्छन्। उनका समकक्षीहरू भूपेन्द्र खत्री र सोमेन्द्र सिंह राठौर पनि क्रमशः काठमाडौँ परिसर र अपराध अनुसन्धान कार्यालयको प्रमुखमा कार्यरत रहेका छन्। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय सरुवा गरिएको एक सातापछि खनाललाई जिम्मेवारी दिइएको हो।

Like