यूएईलाई नेपालले दियो २८१ रनको लक्ष्य

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ७,

मुलुकमा नेपालले एसिसी यू १९ प्रिमियर कपको फाइनल खेलमा युएईलाई २ सय ८१ रनको लक्ष्य दिएको छ। कप्तान देव खनालको कीर्तिमानी शतकमा नेपालले २८० रन बनायो। कप्तान खनालले ८९ बलमा १०० रन बनाए। उनले नौ चौका र तीन छक्का प्रहार गरेका थिए। यो उनको यस प्रतियोगितामै दोस्रो शतक हो। यू–१९ मा नेपालका लागि तेस्रो शतक हो। मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनाएको हो।

Like