तनहुँ जिल्ला कै प्रसिद्ध ,ऐतिहासिक व्यासगुफा परिसरमा कार्तिक १ गते देखि ३० गते सम्म विश्व ओमकार तथा हिन्दु महामिलन पर्व हुने
अन्जनराज न्यौपाने/तनहुँ, आश्विन २६,
तनहुँ जिल्ला कै प्रसिद्ध ,ऐतिहासिक ,धार्मिक तिर्थ स्थल मानिएको व्यास गुफा परिसरमा कार्तिक १ गते देखि ३० गते सम्मकालागि विश्व ओमकार तथा हिन्दु महामिलन पर्व हुने भएको छ । ४ वेद १८ पुराणका राचायिता २८औँ भगवान् वेद ब्यासको जन्म भुमि तनहुँ लाई विश्व माँझमा चिनाउन उक्त हिन्दु महामिलन पर्व अायोजना गर्न लागिएको हो ।
श्रीकृष्ण द्धैपायन वेदव्यासको अवतरण भूमि,पराशर ऋषिको तपोभुमि मादी र सेतीको संगम स्थल अादिकवि भानुभक्तको जन्म घर तनहुँ लाई हिन्दुहरुको मूलठ तीर्थधामको रुपमा परिचित गराउने उद्देश्यले वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रिय कार्यसमितिले बिगत ७ वर्ष देखि अनवरतरुपमा एक महिने विश्व ओमकार तथा हिन्दु महामिलन पर्व आयोजना गरेको बेदानुयायी प्रतिष्ठान नेपालका संरक्षक शान्ति सरुपानन्द दामोदर बाबाले पत्रकार सम्मेलन मार्फत जानकारी दिए। वैदिक सनातन हिन्दु धर्मावलम्वीहरुको मुल धर्मस्थल बनाउने उद्देश्यले यस वर्ष पनि महामिलन पर्वको अायोजना गरिएको बताउदै शान्तिस्वरुपानन्द दामोदार बाबाले भारतका विभिन्न महत्त्वपूर्ण पिठमा हजारौंको संख्यामा सन्त,महन्त ,पिठाधिस र पादीपतीहरुको सहभागीता रहने बताए । सोही अवसरमा व्यासका अध्येता काशीनाथ न्यौपानेले वैदिक सनातन धर्म भित्र हिन्दु, बौद्ध, शिख र जैन धर्मका चार फरक सम्प्रदाय भएको चर्चा गर्दै न्यौपानेले सबैहिन्दु एकताले मात्र देश र जनतालाई जोगाउन सकिने बताए । उनले “सनातन धर्मावलम्बीहरु शसक्त र बलियो हुन नसक्दा विधर्मीहरुले चौतर्फी आक्रमण गरिरहेको बर्तमान अवस्थामा एकता अनिवार्य भएको बताए । यसैगरी ,प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि अझै पनि ओझेलमा परेकाले सबैको साथबाट यसको बिकास सम्भव हुने बताए । ढिलै भएपनि दोस्रो पुस्ताको सहयोगबाट यस तीर्थस्थललाई विश्वमाँझमा चिनाउन आवश्य रहेको बताए ।
कार्यक्रमको कात्तिक १ गते नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति विज्ञ तथा प्राज्ञिक डा।भक्त राईले १०८ दीप प्रज्ज्वलन गरि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम उद्घाटनको दिन बाजागाजा सहित बजार परिक्रमा, बृहत सत्सङ्ग र व्यासका अध्येता काशीनाथ न्यौपाने तथा अन्य विशिष्ट व्यक्तिहरुबाट प्रवचन गरिनेछ । त्यस्तै कात्तिक १६ गतेबाट विशिष्ट संस्कृतिविद् नेपाल ऋषि डा।जगमान गुरुङ र भागवतलङ्गार नेत्र पराजुलीबाट श्रीमद्भाभागवत ज्ञान महायज्ञ हुनेछ । त्यस्तै २४ गते श्रीमद्भाभागवत ज्ञान महायज्ञको समापन महेशसन्यास आश्रम देबघाटधामका स्वामी १००८ रमणानन्द गिराीजी महाराजबाट हुने बताइएको छ । भने महामिलन पर्वको समापनका दिन कात्तिक २० गते काशी भारतका अनन्त विभुषित स्वामी परासरजी महाराजबाट हुने बताइएको छ ।
वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रिय उपाध्यक्ष दुर्गाभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका महासचिव ऋषिराम ढुंगाना लगायतले महामिलन पर्वले नेपालको हरेक जिल्लामा व्यास भूमिको चर्चा हुन थालेको र वेद अनुयायीहरुको संख्यामा पनि वृद्धि भएको बताएका थिए ।
यसअघि व्यास भूमिमा शान्ति स्वरुपानन्द दामोदर बाबाको सत्सङ्कल्प र संरक्षक गोविन्द बाबाको तथा वेद अनुयायी प्रतिष्ठान, विश्व हिन्दु महासंघ तनहुँ, स्याङ्जाको आयोजनामा १८ महिनासम्म कथावाचन भई प्रथम ऐतिहासिक १८ महिने अखण्ड हरिनाम सङ्र्कीतन एवं १सय८ श्रीमद्भागवत् ज्ञान महायज्ञ र पटक पटक १सय २१ रुद्राभिषेक तथा भूमिपूजन भइसकेको छ ।
