कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा एनसेल फोरजी विस्तार
रासंसा/काठमाण्डौ, भाद्र ३०,
मुलुकमा मुगु, डोल्पा, हुम्ला र बाजुराकासदरमुकाममा एनसेलको उच्चगतिको मोबाइलब्रोडब्यान्ड सेवाविस्तार भएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवाविस्तार अभियानअन्तर्गतयीठाउँका स्थानीयहरुलाई डिजिटल कनेक्टिभिटी र प्रविधिलेप्रदान गर्ने अवसरहरुसँग जोड्दै फोरजी सेवा सुरु गरेको छ । एनसेलकाप्रमुखकार्यकारी अधिकृत तथाप्रबन्धनिर्देशक जाब्बोर कायुमोभले भने,“हाम्राग्राहकहरूलाई नयाँप्रविधिसँग जोड्दै सशक्तबनाउनपाउँदाखुसी छौं। यो एउटा कोशेढुङ्गा हो ’cause पछिल्लो विस्तार पश्चातकर्णालीप्रदेश र सुदूरपश्चिमप्रदेशका सबै जिल्लालाई फोरजीले जोडेका छौं । यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पु¥याउने छ ।” फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामाठुलीभेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका(हुम्ला)मा एक–एक गरी चारवटा फोरजी बेस ट्रान्ससिभर स्टेशन (बीटीएस)स्थापना गरेको छ । कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापनगर्दै फोरजी सेवा संचालन गरेको हो । एनसेलले फोरजीसेवाविस्तार र क्षमताअभिवृद्धिलाई उच्चप्राथमिकतामा राख्दै आएको छ र मनाङ जिल्लालाई पनि छिट्टै फोरजीले जोड्ने योजना सहितकामगरिरहेको छ । फोरजीले प्रयोगकर्ताहरूलाई हाई–डेफिनिशन भिडियो सामग्रीको स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे), द्रुत डाउनलोड र अपलोडहरू, ठूला फाइलहरू तत्काल आदानप्रदानलगायत विभिन्न डिजिटल सेवाहरू लिन सक्षम बनाउँछ। गतआर्थिक वर्ष २०७९÷८० मामात्रै एनसेलले देशकाविभिन्नभागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको थियो । त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै १,४५० टावरमाफोरजीक्षमताको स्तरोन्नति गरेको छ ।आधुनिकप्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहकअनुभवप्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिमग्राहकहरूलाई उच्चगतिको मोबाइलब्रोडब्यान्डमा पहुँच सुनिश्चितगर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । देशभरी एनसेलको ४,१०० भन्दा बढि फोरजीबीटीएसहरु संचालनमा रहेका छन् । फोरजी नेटवर्कको विस्तार र क्षमताअभिवृद्धिले मोबाइलब्रोडब्यान्ड सेवामापहुँच बढाएर सरकारको डिजिटल नेपालफ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्याउँछ । एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजीमोबाइल सेवाप्रदायककम्पनीहो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवाप्रदानगर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्नाग्राहक र साझेदारहरूलाई लाभप्रदान गर्न अनवरत रूपमाकामगर्दै आएको छ । एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गतआर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथाअन्यशुल्क गरी विभिन्नशीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमाव्यावसायिक सामाजिकजिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिकमोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवाप्रदानगरिरहेको छ । उच्चगतिको मोबाइलब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवाप्रदानगरिरहेको छ । यसले नयाँअवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ । एनसेल, आजियाटा गु्रपबर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्रल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मापब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवाप्रदानगर्दै आएको छ ।