चरित्र निर्माण संघको साप्ताहिक आध्यात्मिक जागरण कार्यक्रम सम्पन्न
रासंसा/काठमाण्डौ, भाद्र १६,
चरित्र निर्माण संघले साप्ताहिक रुपमा यहि भाद्र महिनादेखि प्रत्येक शनिबार साप्ताहिक रुपमा संचालन भएको तेस्रो शनिबारको ध्यान विधि कार्यक्रम स्वामी सच्चिदानन्द विशुद्ददेवाका प्रथम शिष्य, चरित्र निर्मण संघका अध्यक्ष एवं विश्व शान्ति ध्यान केन्द्रका प्रमुख संरक्षक स्वामी कल्याण मित्रको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा स्वामी सच्चिदानन्द विशुद्द देवका अन्तिम शिष्य एवं पशुपति धर्म, पाशुपत योग पुस्तक तथा विभिन्न उपनिषद्का लेखक योगचार्य एवं सन्यासी महात्मा सुशील, चरित्र निर्माण संघका प्रमुख सल्लाहकार एवं लेखक उद्दव प्रसाद भट्टराई, प्राध्यापक डा. कृष्ण विराज, विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य स्वामी लिलानाथ चौलागाई, साहित्यकारम ई. घमा भट्टराई खनाल, अधिवक्ता सबिना अधिकारि, आध्यात्मिक चिन्तनशील भ्यक्ति कल्पना दर्लामी मगर, पुर्व प्रशासक संकर मानन्धर, साधक लोकेश कंडेल, धार्मिक व्यक्तित्व तथा पूर्व प्रशासक माधव प्रसाद लामिछाने, विश्व शान्ति ध्यान केन्द्रका अध्यक्ष राम प्रसाद शर्मा, आध्यात्मिक तथा ध्यानी व्यक्तित्व नन्दना माता लगायत ध्यानी ज्ञानी साधकहरूको अतिथ्यता थियो । कार्यक्रम सभापति स्वामी कल्याण मित्रले दीप प्रज्वलन गरेर समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा आआफ्ना विचार हरु सबैले राखेका थिए । कार्यक्रम सभा द नेशन टेलिभिजनका संचालक वरिष्ठ समाजसेवी सह प्राध्यापक डा. के. बि सम्राटले संचालन गर्नुभएको थियो भने सेभ द नेशन टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।