Wednesday, October 21, 2026
Latest:
अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

नेपाल र थाइल्यान्डबीचको खेल वर्षा बाधक बनेपछि रद्द

Share to:

रासंसा/काठमान्डौ, भाद्र १२,

मुलुकमा नेपाल र थाइल्यान्डको महिला टोलीबीच आज भएको टी–ट्वान्टी अभ्यास खेल वर्षा बाधक बनेपछि रद्द भएको छ। नेपालकी कविता कुँवरले २ विकेट लिएकी थिइन् भने पूजा महता, खुसी डङ्गोल, इन्दु बर्माले समान एक/एक विकेट झारेका थिए। उक्त विजयी लक्ष्य पछ्याएको नेपालले तीन बल खेल्दा वर्षा बाधक बनेपछि खेल रोकिएको थियो। सीता रानामगर शून्यमा रन आउट भएकी थिइन्। मलेसियाको बायोमास रङ्गशालामा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले नेपाललाई जितका लागि एक सय २८ रनको लक्ष्य दिएको थियो। थाइल्यान्डका लागि कप्तान नथाकन चान्थमले सर्वाधिक ७८ रनको अविजित इनिङ खेलेकी थिइन्। नेपाल र थाइल्यान्डले आइसीसी महिला विश्वकप टी–ट्वान्टी एसिया क्षेत्र छनोट अघि खेलको उक्त अभ्यास खेल खेलेको हो। एसिया छनोट खेल यही भदौ १४ देखि २३ गतेसम्म मलेसियामा हुँदैछ। प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–ट्वान्टी विश्वकप छनोट खेल्न पाउने छन्। नेपालले आफ्नो उद्घाटन खेल ३१ अगस्टमा मलेसियासँग खल्नेछ। एसिया छनोटमा विभिन्न ११ राष्ट्रको सहभागिता रहनेछ। नेपालको समूह ए मा परेको छ। नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन्। त्यस्तै समूह बीमा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन्।

Like