Monday, October 19, 2026
Latest:
अन्य थपखेलकुदमुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

महिला विश्वकप फुटबलमा जापानको गोल वर्षा

Share to:

एजेन्सी,

जापानले महिला विश्वकप फुटबलको पहिलो खेलमा गोलको वर्षा गरेको छ। शनिबार न्युजिल्यान्डको ह्यामिल्टनस्थित वाइकाटो स्टेडियममा भएको खेलमा जाम्बियालाई ५–० गोलले पराजित गरेको हो। जापानलाई प्रभावशाली जित दिलाउन हिनता मियाजावाले दुई तथा मीना तनका, जुन इन्डो र रिको युकीले एक÷एक गोल गरे। ५५औं मिनेटमा मीनाले गोल गर्दै जापानको अग्रता दोब्बर पारेकी थिइन्। ६२औं मिनेटमा मियाजावाले गोल गर्दै जापानलाई खेलमा ३–० को अग्रता दिलाएकी थिइन्। ७१औं मिनेटमा जुन इन्डोले गोल गरेपछि जापानले ४–० को अग्रता बनाएको थियो। जापानले गरेको अन्य दुई गोललाई भने भीएआरले मान्यता दिएन। एकपक्षीय खेलको २१औं मिनेटमा मीना तनकाले गोल गरे पनि भीएआरले त्यसलाई मान्यता दिएन। ४३औं मिनेटमा हिनता मियाजावाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। दोस्रो हाफमा जापानले आक्रामक खेल खेल्दै चार गोल थपेको थियो। ४९औं मिनेटमा मीना तनकाले गोल गरे पनि भीएआरले अफसाइड ठहर्‍याइदिएको थियो। इन्जुरी समयमा जाम्बिया १० खेलाडीमा समेटिएको थियो। गोलरक्षक क्याथरिन मुसोन्डाले पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। सोही फलमा जापानले पेनाल्टीको अवसर पाउँदा रिको युकीले सदुपयोग गरेकी थिइन्। यस जितसँगै समूह ‘सी’मा रहेको जापानले तीन अंक बटुलेको छ। पेनाल्टी बक्समा बाटचेवा लुइसले हातले बललाई छोएपछि रेफ्रीले भीएआरको सहायतामा इङ्ल्यान्डलाई पेनाल्टी दिएका थिए। स्टानवेको पहिलो पेनाल्टीलाई हाइटीका गोलरक्षक कर्ली थेअसले बचाएकी थिइन्। तर, उनले लाइन क्रस गरेको भन्दै पुनः दिइएको पेनाल्टीमा भने स्टानवे गोल गरेकी थिइन्। जितसँगै इङ्ल्यान्डले महत्वपूर्ण तीन अंक जोडेको छ। यही समूहको अर्को खेलमा डेनमार्कले चीनलाई १–० गोलले पराजित गरेको छ। डेनमार्कलाई जित दिलाउन अमाली भाङ्सगार्डले ९०औं मिनेटमा निर्णायक गोल गरेकी थिइन्। महिला विश्वकप फुटबलअन्तर्गत नै शनिबार भएको समूह ‘डी’को खेलमा युरोपेली च्याम्पियन इङ्ल्यान्डले हाइटीलाई १–० गोलले हरायो। नवप्रवेशी हाइटीले प्रभावशाली प्रदर्शन गर्दा इङ्ल्यान्डले संघर्षपूर्ण जित निकालेको हो। अस्ट्रेलियाको ब्रिजवनमा इङ्ल्यान्डलाई जित दिलाउन २९औं मिनेटमा जर्जिया स्टानवेले निर्णायक गोल गरेकी थिइन्। यसैगरी अर्को खेलमा अमेरिकाले विजयी सुरुवात गरेको छ। समूह ‘ई’ को खेलमा अमेरिकाले नवप्रवेशी भियतनामलाई ३–० गोलले हरायो। चार पटकको अमेरिकालाई सहज जित दिलाउन सोफिया स्मिथले दुई तथा लिड्से होरानले एक गोल गरेका थिए। न्युजिल्यान्डको अकल्यान्डको इडेन पार्कमा भएको खेलको १४औं मिनेटमा सोफियाले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन्। ४४औं मिनेटमा एलेक्स मोर्गन पेनाल्टीमा चुक्दा अमेरिका अग्रता दोब्बर बनाउनबाट चुकेको थियो। पहिलो हाफको इन्जुरी समयमा सोफियाले व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई पहिलो हाफमा २–० को अग्रता दिलाएकी थिइन्। ७७औं मिनेटमा लिड्से होरानले गोल गर्दै अमेरिकालाई ३–० को सहज जित
दिलाएकी थिइन्।

Like