बिपीको सालिक अनावरण

Share to:

रासंसा/सुनसरी, श्रावण ६,

मुलुकमा बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ। इनरुवा नगरपालिकाको १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन।

Like