क्विन्टल सुन विमानस्थलभित्रै किन समातिएन ?
रासंसा/काठमाण्डौ, श्रावण ५,
मुलुकमा राजस्व विभागले तस्करीको करिब सय किलो सुन बुधबार ‘अनौठो ढंगले’ बरामद गर्यो। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत आएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारबाट पास भएपछि बरामद गरिएको थियो। विमानस्थल र भन्सारको ‘कडा सुरक्षा घेरा’ पार गरेर त्यति ठूलो परिणामको सुन कसरी बाहिरियो भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ। बाहिरबाट आउने सामान ओसार्ने र भन्सार पास गर्ने ठाउँमा आफ्नो उपस्थिति नहुने प्रहरीको भनाइ छ। भन्सारका कर्मचारीको संलग्नताबारे भने अनुसन्धान भइरहेको राजस्व विभाग र प्रहरीको भनाइ छ। मोटरपार्टसहरू प्रायः भारतबाट आयात गरिन्छन्। ‘सय, डेढसय रुपैयाँमा भारतबाट ल्याइने स्कुटरका ‘ब्रेक सु’ हङकङबाट महँगोमा किन ल्याइयो भनेर भन्सारका कर्मचारीले शंका गर्नुपथ्र्यो,’ नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘सस्तोमा पाइने सामान विदेशबाट महँगोमा ल्याउनुको पछाडि कुनै न कुनै कारण त छ भनेर कर्मचारीले अनुसन्धान गर्नुपर्ने थियो। त्यो भएन।’ तस्करसँग कर्मचारीको मिलेमतो हुन सक्ने ठकुरीले बताए। ‘यस्ता घटनामा राजनीतिक दल, व्यापारी र कर्मचारीको मिलेमतो देखिन्छ,’ ठकुरी भन्छन् ‘अनुसन्धानमा नेपाल प्रहरी अब्बल छ। तर, सामूहिक रूपमा हुने अपराध न्यूनीकरणका लागि राज्यका सबै संयन्त्रबीच सामूहिक सहकार्यको आवश्यक्ता हुन्छ।’ तस्करले स्कुटरको ‘ब्रेक सु’ र दाह्री काटने मेसिनभित्र प्याकिङ गरेर सुन ल्याएका थिए। उक्त सुन जडित ‘ब्रेक सु’ को भन्सार जाँचपास गर्ने काम भन्सार अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल ड्युटीमा रहेको समयमा भएको अन्नपूर्णलाई उच्च स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार चन्द र ढकालले सुन जडित ‘ब्रेक सु’ को भन्सार जाँचपास बुधबार दिउँसो ४ बजेर ११ मा गरेका थिए। भन्सार जाँचपास सकेर ट्याक्सीमा लैजाँदै गर्दा सिनामंगल सडकबाट सुन बरामद गरिएको राजस्वको भनाइ छ। ‘ब्रेक सु’का नाममा सुन भिœयाउने रेडी ट्रेड प्रालि आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा २०७९ चैत २१ गते दर्ता भएको थियो। रेडी ट्रेडर्स कम्पनी दिलिप भुजेलको नाममा दर्ता छ। भुजेल पक्राउ परिसकेका छन्। प्रहरी प्रवक्ता कुवेर कडायत एक सय केजी सुन काण्डको छानबिनमा प्रहरी भूमिकाविहीन भएको बताउँछन्। ‘१०० केजी सुन प्रकरणमा हाम्रो त कुनै भूमिका नै छैन नि !,’ कडायत भन्छन्, ‘राजस्वले समातेको सुन राजस्व विभागले अनुसन्धान गर्छ।’ तर, यो प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीलाई दिए त्यसका लागि प्रहरी तयार रहेको कडायत बताउँछन्। ‘सुन प्रकरण संगठित अपराध हो र यसलाई अनुसन्धान गर्नको लागि नेपाल प्रहरीलाई जिम्मेवारी दिइन्छ भने हामी पछि हट्दैनौं,’ कडायत भन्छन्, ‘तर, अहिले भने यसमा हाम्रो भूमिका छैन।’ यस्तै प्रकारका सामान भन्सारमा अन्य पनि रहेको आशंकामा राजस्व विभागको टोलीले बिहीबार भन्सार विभागको गोदाममा छापा मारेको थियो। यसैक्रममा रेडी ट्रेड प्रालिका सञ्चालक दिलिप भुजेलले सञ्चालन गरेको बालुवाटारस्थित एक गोदाममा राजस्व विभागले सिल गरेको छ। गोदाममा ५ वटा सिलप्याक कार्टुन भेटिएको थियो। राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले यो प्रकरणको अनुसन्धान विभाग नै गरिरहेको बताउँछन्। उनले यस प्रकरणमा संलग्न भएका ६ जना प्रहरी हिरासतमा रहेको र उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि उच्च अदालत काठमाडौंले १० दिनको म्याद दिएको जानकारी दिए। ढुंगाना भन्छन्, ‘घटनाको अनुसन्धान राजस्व विभागले नै गर्छ। घटनाको अनुसन्धान सकेपछि मुद्दा दर्ता गरिनेछ।’ अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्ने भए पनि जहाजमार्फत आउने सामान ओसारपसार गर्ने ठाउँ र भन्सार जाँचपास गर्ने काममा आफ्नो उपस्थिति नरहेको प्रहरीको भनाइ छ। विमानस्थलमा यी काम भन्सारका कर्मचारीले गर्ने गरेको प्रहरीले प्रष्ट गरेको छ। प्रहरी प्रवक्ता कुवेर कडायतले प्लेनबाट सामान आउने स्थानमा प्रहरीलाई जाने अनुमति नै नभएको बताए। ‘त्यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन’ कडायतले भने, ‘विदेशबाट मानिस तथा सामान आउने क्रममा प्रहरीले कहीँ कतै पनि निगरानी गर्दैन। भन्सारका कर्मचारीको क्षेत्राधिकार हो। झोला बोकेर ह्यान्डक्यारी चेक हुने ठाउँमा पनि प्रहरी हँुदैन।’ राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले यो प्रकरणको अनुसन्धान विभाग नै गरिरहेको बताउँछन्। उनले यस प्रकरणमा संलग्न भएका ६ जना प्रहरी हिरासतमा रहेको र उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि उच्च अदालत काठमाडौंले १० दिनको म्याद दिएको जानकारी दिए। ढुंगाना भन्छन्, ‘घटनाको अनुसन्धान राजस्व विभागले नै गर्छ। घटनाको अनुसन्धान सकेपछि मुद्दा दर्ता गरिनेछ।’ प्लेनमार्फत आउने सामान सिधै भन्सारमा जाने र त्यहाँको स्क्यानिङमा पनि प्रहरीको डिउटी नहुने कडायतले बताए। ‘कुनै समस्या परेमा वा कर्मचारीले सहयोग मागेको अवस्थामा मात्रै प्रहरीले निगरानी गर्ने हो,’ कडायतले भने, ‘बाहिरबाट आउने सामानको चेकजाँच गर्ने ठाउँमा कहीँ कतै प्रहरीको चेकजाँच हँुदैन।’ प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी पनि सय किलो सुन तस्करीमा प्रहरीको कमजोरी भन्न नमिल्ने बताउँछन्। ‘कार्गोबाट सुन पास हुनुमा प्रहरीको कमजोरी भन्न मिल्दैन,’ उनले भने, ‘विदेशबाट आउने सामानको चेकजाँच भन्सारका कर्मचारीले मात्रै गर्ने हो। कार्गो भन्सारको एरिया हो।’ राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार सुन तस्करी प्रकरणमा शंकास्पद देखिएको भन्दै एक जना चिनियाँ नागरिक बिहीबार पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चिनियाँ नागरिक चछ्याङलिङलाई नियन्त्रणमा लिइएको हो। सुन तस्करी प्रकरणमा शंकास्पद देखिएपछि विमानस्थल पुगेका छ्याङलिङलाई अध्यागमनले रोकेको थियो। अध्यागमनले प्रस्थान अनुमति नदिएर उनलाई विमानस्थलस्थित सुरक्षा कार्यालयको जिम्मा लगाएको थियो। सबै चेकजाँच पास भएर सुन बाहिरिनुमा कर्मचारीको मिलेमतो र उपकरणको खराबी हुन सक्ने उनको भनाइ छ। ‘भन्सारका एक्सरे मेसिन, स्कानिङ मेसिन कस्ता छन् ? यिनीहरूले सही काम गर्छन कि गर्दैनन् ?’ उनको प्रश्न छ, ‘सुन डिडेक्ट मेसिन खै ? किन ल्याइँदैन ? कर्मचारीको क्षमता के छ ?’ पक्राउ परेका चिनियाँ नागरिक सुन व्यापारी भएको बुझिएको छ। सुन तस्करी प्रकरणमा संलग्न हुनसक्ने भन्दै राजस्व अनुसन्धान विभागले अध्यागमन कार्यालयलाई पत्र लेखी छ्याङलिङबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रस्थान अनुमति नदिन आग्रह गरेको थियो। विमानस्थल प्रहरीले थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभागलाई बुझाएको छ। यसअघि सुनसँगै एक भारतीय नागरिक पनि पक्राउ परिसकेका छन्। सबै चेकजाँच पास भएर सुन बाहिरिनुमा कर्मचारीको मिलेमतो र उपकरणको खराबी हुन सक्ने उनको भनाइ छ। ‘भन्सारका एक्सरे मेसिन, स्कानिङ मेसिन कस्ता छन् ? यिनीहरूले सही काम गर्छन कि गर्दैनन् ?’ उनको प्रश्न छ, ‘सुन डिडेक्ट मेसिन खै ? किन ल्याइँदैन ? कर्मचारीको क्षमता के छ ?’ यस्तै, दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ गाउँपालिका–३ घर भई हाल साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई तथा ट्याक्सी चालक छन्। बरामद भएको सुन बबरमहलस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा परीक्षण र तौल गरिएको थियो। ‘ब्रेक सु’सहित सुनको तौल १५५ केजी रहेकोे टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। त्यसमा सुनको मात्रै तौल कति छ भन्ने छुट्टाउन बाँकी छ। फलामको ब्रेक सु र दारी काट्ने मेसिनभित्र सुन रहेकाले सुन र फलाम छट्टाउन समय लाग्ने आचार्यले जानकारी दिए। राजस्व अनुसन्धान विभागका प्रवक्ता अधिकारी भन्छन्, ‘सुन मात्रै ८० देखि १०० केजीसम्म हुनुपर्छ भन्ने अनुमान छ।’ परीक्षण रिपोर्टपछि बरामद भएको उक्त सुन राष्ट बंैकले नै लिलामी गर्ने गर्छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार र राजस्वसहितका विभिन्न निकायले हङकङ, दुबई, चीन, भारतलगायत देशबाट नेपाल तस्करी गरेको ६ सय ६५ केजी ५ सय ग्राम सुन बरामद गरेको छ। पछिल्लो ९ वर्षमा सुनको अवैध ओसारपसार तथा कारोबारमा संलग्न केही कारोबार र भरिया गरी ७ सय ६ जना पक्राउ परेका छन्। सुन प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ। विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको हो। विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार यसप्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। भन्सार कार्यालयका कर्मचारीको आन्तरिक त्रुटि वा गल्तीले सुन भित्रिएको आशंकामा अनुसन्धान गर्न छानबिन समिति गठन भएको हो।
विमानस्थल, सीमानाका तथा बोर्डर एरिया र अन्य भन्सार चेकप्वइन्टमा कडाइ नगर्दा सुन तस्करी मौलाउँदै गएको छ। सेटिङका भरमा अर्बों रुपैयाँ राजस्व सरकारले गुमाइरहेको छ। भन्सारको युनिटहरूमा सुरक्षा निकायको उपस्थिति नरहँदा सुन तस्करी मौलाएको जानकारहरू बताउँछन्। सुन प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ। विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको हो। विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार यसप्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। भन्सार कार्यालयका कर्मचारीको आन्तरिक त्रुटि वा गल्तीले सुन भित्रिएको आशंकामा अनुसन्धान गर्न छानबिन समिति गठन भएको हो। प्रहरी प्रधान कार्यालय नक्सालले दिएको तथ्यांकअनुसार आव २०७२/७३ मा ९८ लाई ७२ केजीसहित पक्राउ परेका थिए। आव २०७३/७४ मा ६४ केजीसहित ८५ जना, आव २०७५/७६ मा करिब ५२ केजीसहित १ सय १५ जना, आब २०७६/७७ मा ३० केजीभन्दा बढी परिमाणसहित ३० जना, आब २०७७/७८ मा साढे ३२ केजीसहित ५५ जना, आब २०७८/७९ मा करिब २४ केजीसहित ८८ जना र गएको आव २०७९/८० मा करिब ११ केजीसहित ९१ जना पक्राउ परेका छन्।