अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

आइसीसीको महिला र पुरुषको पुरस्कार राशि समान बनाउने घोषणा

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २९,

मुलुकमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासक घोषणा गरेको छ । ‘यो हाम्रो खेलकुदको इतिहासमा महत्त्वपूर्ण क्षण हो र म खुसी छु कि आईसीसी ग्लोबल इभेन्टहरूमा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरहरूलाई अब समान रूपमा पुरस्कृत गरिनेछ,’ आईसीसी अध्यक्ष ग्रेग बार्कलेले भने। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज पुरुष र महिला टोलीका लागि समान पुरस्कार राशि घोषणा गरेको छ । आईसीसी इभेन्टहरूमा खेलाइने सबै खेलमा अब समान पुरस्कार राशि हुने छ। दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले यस्तो घोषणा गरेको हो। ‘२०१७ देखि हामीले समान पुरस्कार राशिमा पुग्ने कुरामा स्पष्ट ध्यान केन्द्रित गर्दै हरेक वर्ष महिला प्रतियोगिताहरूमा पुरस्कार राशि बढाउँदै आएका छौं र यहाँबाट आईसीसी महिला क्रिकेट विश्वकप जित्दा पनि आईसीसी पुरुष क्रिकेट विश्वकप जित्ने बराबरको पुरस्कार रकम हुनेछ। टि २० विश्वकप र यू १९ को लागि पनि उस्तै,’ बार्कलेले भने।

Like