तनहुँ राहत शिक्षक जिल्ला कार्यसमितिमा सिद्धान्त थापा

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, आषाढ २८,

नेपाल राहत शिक्षक जिल्ला कार्य समिति तनहुँको अध्यक्षमा सिद्दान्त थापा निर्वचित भएका छन्। जिल्लाको चौथो अधिवेशनले सर्वसहमत रुपमा थापालाई निर्बाचित गरेको हो ।

समितिको उपाध्यक्षमा लालमणी पौडेल र सावित्री अधिकारी सर्वसहमत निर्वाचित भएका हुन्। सचिवपदमा प्रकाश बसौला निर्वाचित भएका छन भने सहसचिव पदमा उतम नैनावस्ती र कोषाध्यक्ष पदमा सरला खनाल सर्वसहमत निर्वाचित भईन्।

राहत शिक्षक केन्द्रीय प्रतिनिधि पदमा नरेन्द्र न्यौपाने ,अशोक गिरी,खेमराज रेग्मी ,केशव काफ्ले,राधा काफ्ले र मीनबहादुर कार्की सर्वसहमत रुपमा केन्द्रीय प्रतिनिधि पदमा निर्वाचित भएका थिए। जिल्ला भर ३ सय बडी राहत शिक्षकहरु अध्यापन गराउदै आएका छन्।

Like