अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

एक वर्षपछि कांग्रेस बैठक बस्दै

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २१,

मुलुकमा सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोका कारण पार्टी संगठन निष्क्रियप्रायः बन्दै आएका बेला एक वर्षपछि पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालासहितसँगको छलफलपछि असार २७ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन्। विगतमा जस्तै केन्द्रीय समितिको बैठक स्थगित नभए कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असार २७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको हो। पार्टी सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालासहितसँगको छलफलपछि असार २७ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन्। महाधिवेशन भएको डेढ वर्षमा विधानअनुसारको कुनै पनि गतिविधि गर्न कांग्रेस असफल बन्दै आएको छ। पार्टी विधानले प्रत्येक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने व्यवस्था गरे पनि कांग्रेस केन्द्रीय समितिको बैठक गत साउन २ गतेपछि बस्न सकेको छैन। महामन्त्री गगनकुमार थापासहित संस्थापन इतरका नेताहरूले केन्द्रीय समिति नबोलाएको भन्दै सभापति देउवाको आलोचना गरिरहेका बेला नेता कोइरालासमेतको सहमतिमा बैठक बोलाइएको हो। महामन्त्री गगनकुमार थापासहित संस्थापन इतरका नेताहरूले केन्द्रीय समिति नबोलाएको भन्दै सभापति देउवाको आलोचना गरिरहेका बेला नेता कोइरालासमेतको सहमतिमा बैठक बोलाइएको हो। निकट नेताहरूसँग बुधबार बिहान छलफल गरेपछि नेता कोइराला देउवालाई भेट्न उनको निवास पुगेका थिए। दुई नेताबीच पार्टीका सबै निकायलाई पूर्णता दिँदै संगठनलाई चलायमान बनाउन केन्द्रीय समितिको बैठक बोलाउने समझदारी बनेको दाबी गरिएको छ। पार्टी संगठनलाई चलायमान बनाउन सबै निकायलाई पूर्णता दिने विषयमा पनि दुई नेताहरूबीच छलफल भएको निकट स्रोतको भनाइ छ। विधानअनुसार गठन गर्नुपर्ने निकायलाई तत्काल पूर्णता दिने तयारी कांग्रेसले गरेको छ। यद्यपि कांग्रेस विधानले महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था गरेको छ। तर महाधिवेशन सम्पन्न भएको डेढ वर्ष बित्दा केन्द्रीय कोषाध्यक्षदेखि कुनै पनि निकायलाई पूर्णता दिन सकेको छैन। पार्टी संगठनलाई चलायमान बनाउन सबै निकायलाई पूर्णता दिने विषयमा पनि दुई नेताहरूबीच छलफल भएको निकट स्रोतको भनाइ छ। विधानअनुसार गठन गर्नुपर्ने निकायलाई तत्काल पूर्णता दिने तयारी कांग्रेसले गरेको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रशिक्षण प्रतिष्ठान, अनुशासन समिति, प्रचारसहितका केहीबाहेकका विभाग गठन गर्ने र नेता तथा कार्यकर्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्य नेताहरूको प्राथमिकतामा परेको छैन। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनको समीक्षा गर्न असार २७ देखि साउन २ सम्म केन्द्रीय समितिको बैठक बसेको थियो। यसबीचमा मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुनुका साथै राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनसहित सत्ता समीकरणसहितका महत्वपूर्ण राजनीतिक उतारचढाव आए पनि कांग्रेसले केन्द्रीय समितिको बैठकलाई टार्दै आएको थियो। गत माघ बोलाइएको केन्द्रीय समितिको बैठक तेस्रोपटक स्थगित भएसँगै अनिश्चित बन्न पुगेको थियो। २०७८ फागुन पहिलो साता बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघसहित कार्यकाल सकिएका केन्द्रीय समिति भंग गरिएको थियो। तर अहिलेसम्म अधिकांश भ्रातृ संगठनको केन्द्रीय समितिले पूर्णता पाउन सकेका छैन।

Like