अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलस्वास्थ्यहेडलाइन

आजदेखि सुंडी खोला सरसफाइ अभियान शुभारम्भ हुने

Share to:

रासंसा/काभ्रेपलान्चोक, आषाढ १८,

सुंडी खोला को सर सफाइ गरौ !
सुंडी सभ्यता-जोगाइ राखौं !! नाराकासाथ आजबाट सुरु हुने साप्ताहिक सुंडिखोला सर सफाइ अभियान शुभारम्भ हुने भएको छ । पशुपती अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष वरिष्ठ समाजसेवी डा. के. बि. सम्राट तथा अन्तर्राष्ट्रिय धार्मिक अभियन्ता भोगेन्द्र लाल कर्णको सल्लाह सुझावमा चलचित्रका नायक स्थानियवासी चन्द्र लामाको अगुवाइमा धुलिखेल नगरपालिका वडा नम्बर ९, १० र १२ मा पर्ने सुंडे खोलाको सरसफाइ अभियान स्थानिय जनप्रतिनिधी वडा अध्यक्ष बद्री प्रसाद हुमागाईं, गोविन्द प्रसाद भन्डारी र मोहन प्रसाद लामिछाने तथा सदस्यहरुको रोहबरमा हुने भएको छ । सो सरसफाई अभियानमा पशुपती अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकाली, आयुर्वेदिक अग्रज महेश्वर बाबा, विद्यालयक शिक्षक, विद्यार्थी, युवा, महिला सहभागी हुने भएका छन । सम्बन्धित वडा कार्यालयले सामाजिक संजालमा सूचना प्रकाशित गरि सबैलाई जानकारी गराइएको हाम्रा संवाददाता सुमन मल्ल ठकुरीले जनाएका छन ।

Like