राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक के. बि. सम्राट महासचिवमा निर्वाचित
मीन बहादुर कुवर/कास्की, ज्येष्ठ २२,
राष्ट्र संरक्षण साप्ताहिकका प्रकाशक तथा सम्पादक के. बि. सम्राट गरिमामय धार्मिक संस्था ॐ कैलाश शिव ढुङ्गा शिवशक्ती महापीठ धामको गरिमामय महासचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको गत बैशाख ३० गते भएको महाधिवेशनको बन्दसत्र कुरा नमिलेपछि यहि ज्येष्ठ २२ गते निर्वाचन प्रकृयाद्वारा बन्दसत्र सम्पन्न गर्ने भनी निर्णय भएको थियो । सोही बमोजिम आज ज्येष्ठ २२ गते भएको सो बन्दसत्रको निर्वाचन प्रकृयामा सम्पादक के. बि. सम्राट महासचिव पदमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा निवर्तमान अध्यक्ष राजेन्द्र कुमार सुवेदी पुन: अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा नोवर्तमान महासचिव विष्णु प्रसाद पौडेल, कोषाध्यक्षमा दिपा ठकुरी, सचिवमा
तिलक बहादुर थापा, सहसचिवमा मीन बहादुर कुवर निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा कृष्ण बहादुर थापा, कमला घले, कविता गुरुङ, भिम बहादुर ठकुरी र लक्ष्मी थापा निर्वाचित भएका छन । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक द्वय दैवग्य ज्योतिष निरबिक्रम पौडेल र चित्र बहादुर पौडेलले गोपनियताको सपथ ग्रहण गराएका थिए ।
