एम्बुलेन्स भाँडा महगो भएपछि सार्वजनिक गाडीमै अस्पताल जान्छन् बिरामी

Share to:

रासंसा/कालिकोट, ज्येष्ठ २२,

मुलुकमा नरहरिनाथ गाउँपालिका–४ का जयरुप सहकारीको गालामा क्यान्सर भयो। उनलाई उपचारको लागी चितवन लगियो। चितवनमा क्यान्सर पीडित सहकारीको उपचार भयो। आर्थिक अवस्था कमजोर भएका कारण उनलाई कालीकोट फर्किनुपर्‍यो। मान्ममा केही सामाजिक अभियान्ताले उनलाई चितवनसम्म जानका लागि विभिन्न निकायसंग सहयोगको अपिल गरे। केहीले आर्थिक सहयोग गरे भने केहिले नरहरिनाथ गाउँपालिकासंग एम्बुलेन्स सहयोगका लागि अनुरोध गरे तर नरहरिनाथ गाउँपालिकाले एम्बुलेन्स दिन आनाकानी गर्‍यो। उनी चितवनबाट कालीकोट सार्वजनिक गाडीमा आए,आउँदा आउँदै उनको अप्रेसन गरिएका गालाको टाका खुस्कीयो। स्वास्थ्य सेवा कार्यालय कालीकोटले क्यान्सर पीडितको लागि लगाउने टाका नभएपछि उनलाई पुनः फिता गर्यो उनी मान्ममा आए उनलाई चितवनसम्म जाने भाडा समेत थिएन। उनले पुन उपचारमा नजाने अडान गरे। नरहरिनाथ गाउँपालिकादेखि मान्मसम्म आउने एम्बुलेन्समा तेल नभएको १५ हजार खातामा हाल्दिए एम्बुलेन्स दिने एम्बुलेन्स संचालक समितिका संयोजक एवं नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले बताए। उनले १५ हजारमा सुर्खेतसम्म जाने जनाए। नरहरिनाथ गाउँपालिकाको एम्बुलेन्स गरिब असाहायका लागि कहिल्यै प्रयोगमा नआएको स्थानीय बताउँछन्। गाउँपालिकाकै एम्बुलेन्स प्रयोग गर्न चर्को मुल्य तिर्नुपरेको स्थानीयको भनाइ छ। गाउँपालिकाको एम्बुलेन्सले १५ हजार मागेपछि सहकारी सार्वजनिक गाडीमै उपचारका लागि चितवन गए। नरहरिनाथ गाउँपालिकाका विरामीको सहजताका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कालीकोटको सिफारिसमा केन्द्रीय कार्यालयले ९ख० वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको थियो। तर उक्त एम्बुलेन्समा बिरामी भन्दा पनि एम्बुलेन्समा अन्य नागरिक चढ्ने गरेको स्थानीयको भनाइ छ। स्थानीय जीवन विश्वकर्मा एम्बुलेन्सले बिरामी भन्दा पनि अन्य नागरिक बोक्ने गरेको बताउँछन्। उनले भने, एम्बुलेन्स सुर्खेत जाँदा होस् या सुर्खेतबाट पालिकामा आउँदा होस आफन्तहरुलाई बोक्ने गर्छ। बिरामीलाई अहिले एम्बुलेन्स भन्दा पनि सार्वजनिक यातायात सस्तो लाग्ने गरेको छ। पालिकाको एम्बुलेन्सले सुर्खेतसम्मको १५ हजार भाडा लिने गरेको छ भने सार्वजनिक यातायातमा नागरिक २ हजार ५ सयले सुर्खेत पुगेर उपचार गरेर फर्किने गरेका छन्।

Like