विश्व हिन्दु महा संघ नेपाल राष्ट्रिय समिती मध्यमाञ्चलको साधारण सभा सम्पन्न
रासंसा/ललितपुर, ज्येष्ठ १५,
विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति अन्तर्गत मध्यमाञ्चल विकास क्षेत्रको सम्पर्क कार्यालय ललितपुर लेलेस्थित तिलेश्वर महादेव मन्दिर परिसरमा आज एक धार्मिक सभा सम्पन्न भएको छ । मध्यमाञ्चल सम्पर्क कार्यालयका का. बा सभापति समाजसेवी कमलबहादुर सिलवालको सभापतित्वमा भएको कार्यक्रममा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका कार्य वाहक अध्यक्ष अस्मिता भण्डारीज्यूकाे प्रमुख आतिथ्यता रह्याे । विशेष अतिथिहरु राष्ट्रिय समितिका सभापति अरुणकुमार पाण्डे, महासचिव उत्तमराज भण्डारी, कोषाध्यक्ष ऋषिराम पोख्रेल, ललितपुर जिल्ला सभापति मुरारी सुवेदी, केन्द्रीय सदश्य नानीराम के सी, पाटन क्याम्पसका प्रमुख कुंवर, क्याम्पस उपप्रमुख प्रा डा दीपेन्द्रविक्रम सिंजापती , मन्दिर समितिका बच्चु सिंजापति , स्थानीय समाजसेवीहरु, युवाशक्ति खेलाडीहरु, मातृशक्ती लगायतको उपस्थिति रहेकोे थियोे ।




विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको विगत २० वर्षदेखिको प्रयासमा साथ दिएर तिलेश्वर धामको विकासमा नेपाली सेनाबाट सेवानिवृत स्थानीय व्यक्तित्वहरु, स्थानीय जनप्रतिनिधिहरु र भक्तजनको योगदानको विश्व हिन्दु महासंघ उच्च सम्मान गर्दछ । यो क्षेत्रका धार्मिक सामाजिक व्यक्तित्व स्व श्यामबहादुर सिंजापतिको योगदान अविस्मरणीय रहेको थियो ।
