भानुमा उधमशिलता अभिमुखिकण स्वाभलम्बन समूह गठन
अन्जनराज न्यौपाने/तनहुँ, ज्येष्ठ १२,
रिसेड तनहूँको आयोजना र सामाजिक विकास कार्यालय को आर्थिक सहयोग भानु नगरपालिकामा अपांगता भएका व्यक्तिहरुलाई उधमशिलता सहजीकरण अभिमुखिकरण तालिम सम्पन्न भएको छ। भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठिले बर्तमान समयमा अपाङ्गताको क्षेत्रमा भएका गतिबिधिको समिक्षा गर्दै भविषयमा सहयोग र सहकार्यको लागि अाफु सकारात्मक रहेको बताए। भानु नगर उपप्रमुख उमा गोतामेले अपाङ्गताको क्षेत्रमा भए गरेका समस्या समाधानका लागि पहलहरु हुने बताईन्। उनले कार्यालयले नितिनिर्माण तथा कार्यान्वयनमा सहकार्य गर्दै आहिरहेको बताईन्। भानु नगर अपाङ्गता परिचय पत्र समिती सदस्य सचिव भगवती शर्माले अन्य पालिकामा भैराखेका अपाङ्गता कार्यक्रमको तुलनामा भानु नपामा न्यून कार्यक्रम हुने गरेको अबस्थालाइ दर्साउदै अबका दिनमा स्थानिय स्तरमै समूह गठन तथा परिचालन भएर हक अधिकार र समस्यालाइ उजागर गर्दै सशक्त रुपमा संघठित हुनुपर्ने बताए।भानु नगर पालिका मातहतका १३ वटा वडाका अपाङ्गता भएका व्यक्तिहरुलाई स्वाभलम्बन समूह भिम बहादुर कुमालको अध्यक्षतामा गठन गरिएको छ। समान प्रतिनिधित्व हुने अपाङ्गताको बर्ग बिभाजन अनुकूलताको समायोजन अनुसार प्रत्येक वडा बाट १/१ जना प्रतिनिधित्व हुने गरि थप २ जना प्रतिनिधित्व चयन गरि १५ सदस्यीय भानु नगर स्तरीय अपाङ्गता स्वाभलम्बन समिती गठन गरिएको छ। उप्त गठित समुहले रिसेडको छत्रछायामामा अपाङ्गताको क्षेत्रमा समाजमा उल्लेखनीय कार्य गर्न सक्ने दाहित्व बोध रिसेडका अध्यक्ष पदम बहादुर परियारले गरेका थिए।
कृषि शाखाका अधिकृत हरिराज खनालले अपाङ्गताको प्रकृति अनुसारको कृषिको लागि योग्य सम्भावनायुक्त कार्य प्रणाली अनुसार मौरिपालन,कुखुरापालन, टर्नेल तरकारी खेती जस्ता कृषिको बिउपुजी लगानी बाट जिबनस्तरमा प्रत्येक्ष लाभ हुने र परिवारमा आर्थिक उपार्जनका साथै जिबिको पार्जनमा टेवा पुग्ने प्रसङ्गलाइ जोड दिनुका साथै कृषि सम्बन्धि आधारभुत ज्ञान प्रदान गरेका थियो।
भानु नगरपालिकाकोमा सम्पन अभिमुखिकरण तथा अपाङ्गता स्वभलभन गठन कार्यक्रममा २८ जनाको उपस्तिथिती रहेको थियो। कार्यक्रमको सहजीकरण भानु नेत्रहिन संघका अध्यक्ष दशरथ राना मगरले गरे। कार्यक्रमको संचालन रिसेडका उपाध्यक्ष ईश्वर बास्तोलाले गरेका थिए।