दुई जनाको बयान सकियो नक्कली भुटानी शरणार्थी प्रकरणमा

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ १२,

मुलुकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुई जनाको बयान सकिएको छ । शुक्रवार काठमाडौँ जिल्ला अदालतमा दुई जनाको बयान सकिएको हो । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रुपैयाँभन्दा बढी उठाएको आरोप छ । जिल्ला अदालत काठमाडौँका जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सागर राई र केशव प्रसाद दुलालको बयान सकिएकाे छ । उनीहरू भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए । सो प्रकरणमा अहिलेसम्म १७ जना पक्राउ परेका छन् । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

Like