जन कल्याण प्रतिष्ठानको एकल विधालय अभियान कार्यक्रम
अन्जनराज न्यौपाने/तनहुँ, ज्येष्ठ १०,
जन कल्याण प्रतिष्ठानले एकल विधालय अभियान कार्यक्रम अायोजना गरेको छ ।४ बेद १८ पुराणका रचायिता भगवान् बेद ब्यासको जन्म स्थल तथा पराशर ऋषिको तपोभुमि ब्यास-५ बेनी पाटनमा जेष्ठ ९ गते देखि १३ गतेसम्म हुने अाचार्य प्राथमिक बर्ग कार्यक्रम अन्तरगत तनहुँ ,लमजुङ र गोर्खा जिल्लाका गरि कुल ३१ जना महिला प्रशिक्षकहरुलाई प्रशिक्षण दिईएको हो । कार्यक्रमको उद्घाटन ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले प्राज्ञिक ब्याक्तिहरुको सहयोगमा महिला बर्गहरुलाई समाजमा नेतृत्व पंक्तिमा उभ्याउन प्रशिक्षणले महत्त्वपूर्ण भुमिका खेल्ने बताए । ब्यासका अध्येता काशीनाथ न्यौपानेले ज्ञान लिएर मात्रै नहुने ज्ञानलाई ब्यवहारमा पनि लागू गर्न जरुरी भएको बताए । समाजमा जोकोहीलाई पनि गुरु बन्न जति सजिलो छ चेला बन्न उतिकै कठिन भएको बताउदै बैज्ञानिक एब्म् ब्यवहारिक ज्ञान दिनलिन अनिवार्य भएको बताए । ब्यासका संस्थापक नगर प्रमुख तारा प्रसाद श्रेष्ठले मानवले शिक्षा लिएपछि ब्यवहारमा लागुगर्नुपर्नै बताए ।

समाजमा कलेज गएकाहरुसग अझैसम्म पनि नलेज हुन नसकेको बताए । विश्व हिन्दु परिषद्का जिल्ला अध्यक्ष दुर्गाभक्त अधिकारीले अाचरण शुद्ध नभए र अनुशासनको पालना नगर्नेको जीवन बत्रि मुनिको अध्यारो जस्तै हुने बताए । मानवले दुखमा होस या सुखमा संघर्ष अनिवार्य गर्न जरुरी भएको बताए । कार्यक्रममा तनहुँ ,लमजुङ र गोर्खाका प्रशिक्षकहरुको सहभागीता रहेको थियोे ।