सरकारले विश्व बैंकबाट विद्यालय रुपान्तरणका लागि १२० मिलियन अमेरिकी डलर ऋण लिने
रासंसा/काठमाण्डौ, ज्येष्ठ ९,
मुलुकमा सरकारले विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अेमरिकी डलर सहुलियत ऋण लिने स्वीकृति प्रदान गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले सो प्रस्ताव स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। त्यस्तै भन्सार महसुलसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमति दिने निर्णय भएको छ। यसले भन्सार महसुलसम्बन्धी नयाँ विधेयक निर्माण गर्ने बाटो खुलेको मन्त्री शर्माले बताइन्। त्यस्तै अजोस २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको उनले बताइन्। त्यस्तै जापान सरकारबाट मानव संशाधन विकास लागि ४१ करोडको अनुदान स्वीकृति गरिएको उनले बताइन्। त्यस्तै शिक्षा क्षेत्रका लागि विश्वब्यापी साझेदारीबाट १९.७० मिलियन अमेरिकी डलर अनुदान स्वीकृति दिने निर्णय सरकारले गरेको छ।