विश्व हिन्दु परिषदले गर्यो बृहत अन्तरक्रिया
अन्जन राज न्यौपाने/तनहुँ, ज्येष्ठ ६,
विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय सगठन सचिव प्रलाद रेग्मीले हिन्दु धर्मलाई विदेशी अायतित धर्महरुले चारै तिरबाट प्रहार गरेको बताएका छन्।धर्म विरोधी केही अराजक तत्वहरुले अार्थिक प्रलोभनमा परेर हिन्दु धर्म छोडेर विदेशी धर्ममा लाग्नेहरु भुईको टिप्न खोज्दा पोल्टाको समेत रक्षानमा खसेको बताए । जनकल्याण परिषदका अध्यक्ष समेत रहेका रेग्मीले बेद ,उपनिषद् गीता रामायण र महाभारतको महावाणीको अध्यान गरेर ९५ प्रतिशत मानिसहरु देशको सुयोग्य नागरिक , विभिन्न कार्यालयका प्रमुख उच्च पदस्थ कर्मचारी बन्न पुगेको बताए ।
बेदानुयायी प्रतिष्ठान नेपालका प्रमुख संरक्षक किर्तन शिरोमणि शान्ति स्वरुपानन्द दामोदर बाबाले ब्याक्तिले धर्मको रक्षा गर्न सके मात्र धर्मले अाफुलाई पनि रक्षा गर्ने र परोपकार नै धर्मको मुल भएको बताए । जबजब धर्मको हानि हुन्छ अन्याय र अत्याचारले सिमा नाग्छ अन्न र जनता अनि विश्व ब्रमाण्डमा शान्तिकालागि दुष्ट र दुर्जनको संहार गर्न भगवान श्रीकृष्ण साक्षत् पृथ्वीमा जन्म लिनुहुने श्रीमद्भागवत गीतामा उल्लेख गरिएको बताए ।
सामाजिक एब्म् धार्मिक अभियानता ब्यासका अध्येता काशीनाथ न्यौपानेले हिन्दु धर्म ,मठमन्दिर संरक्षणकालागि होसपुर्ण निगरानी हुन अनिवार्य भएको बताए। धर्म विरोधी तत्वहरु अाक्रमक र अराज भै कुनै न कुनै बहानामा मठमन्दिरमा प्रवेश गरेर अासुरी शक्ति प्रदर्शन गरिरहेको बताए ।

ब्यास अन्न क्षेत्रका मुल संरक्षक गोविन्द बाबाले अात्मा परमात्मा सबैको एक भएको कारण मानवमा अाचरणमासुद्दता ,सकारात्मकसोच ,ब्यवहारमा निष्पक्षता तथा दैनिक जिवनमा अनुशासन मानवको प्यारो गहना जस्तो भएले धर्ममा त्यागसमर्पण र बलिदान हुनुपर्ने बताए ।
यसैगरी समाजसेवी डा रघुनाथ न्यौपानेले हिन्दु धर्मका विचलित मनहरुले धर्म परिवर्तन गर्नु भनेको उर्लदो खहरेको भेल जस्तै भएको बताए । खहरे जति गडगडाएपनि कुनै खेती हुन नसक्नेमा जोड दिएका थिए। कार्यक्रममा प्राज्ञिक विधार्थी परिषद्का राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडाले राष्ट्रको चौतर्फी विकासकालागि दक्ष्य जनशक्ति लाई स्वदेशमै बसौं बसौ बनाउन स्थानीय स्तरमा उधोग कलकारखाना स्थानीय ,प्रदेश र सघको सरकारले नीति तथा बजेटमा अागामी बर्षको बजेटमा पहल गर्नु अनिवार्य भएको बताए ।