स्वास्थ्यमा सुधार आएपछि काँग्रेस नेता भण्डारी स्वेदश फर्किए

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १७,

मुलुकमा भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत उनी आईतबार साँझ स्वदेश फर्किएका हुन्। त्यस क्रममा उनले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीहरु सबैप्रति आभार र धन्यवाद व्यक्त गरे। नेपाली काँग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुशी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताए। उनले सो अस्पतालको निर्माणमा सहयोग गर्न पनि सबैलाई अपिल गरे। स्वास्थ्यमा सुधार हुँदै गएपछि उनी स्वदेशमै बसेर उपचार गर्नेगरी स्वदेश फर्किएका हुन्। उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए। सोही घटनामा घाइतु हुनु भएका नेता भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको थियो। प्रतिनिधिसभा सदस्य समेत रहेका सांसद भण्डारीले भने, ‘एउटा ठूलो दूर्घटनाबाट हामी आएका छौं। हुन त नेपालमा अहिलेसम्म यो वर्षमा ११० जना नेपाली दाजुभाई दिदीबहिनिहरुले आगजनीको कारण ज्यान गुमाउन परेको छ। मैले पनि मेरो आमालाई हरिकला भण्डारीलाई पनि दुर्घटनामा गुमाएको छु। मैले भर्खर मात्रै थाहा पाएको हुँ कि आमा हुनुहुन्न भनेर। नेपालमा धेरै आमाबुबाहरुले दुर्घटनाबाट ज्यान गुमाउनु भएको छ। धेरै युवायुवतीहरुले ज्यान गुमाउनु भएको छ। यी हाम्रा दुःखद् पक्ष हुन। साथीहरु, हामीले जसरी प्रविधिको विकास भयो। गाउँगाउँमा विद्युत पुग्यो, गाउँगाउँमा ग्याँस पुग्यो। तर, त्यो अनुसार हामीले पाठ्यक्रममा हामीले कसरी सिकाउने भनेर राख्दै राखेनौं। त्यसको शिकार म त भईसके पनि अरुलाई कस्तो भएको होला। यस्ता विषयमा जनरल नलेज हामीले दिनुपर्दो रहेछ। हामी ठूला कुरा गर्ने, साना कुरा गर्दै नगर्ने, मसिना कुरा हेर्दै नहेर्ने गर्नाले आज प्रत्येक ठाउँमा यस्तो दूर्घटना भइरहेको छ। मलाई त साथीहरु कसैले बाँच्छ नै भन्नु भएको थिएन। भेन्टिलेटरमा गएको मान्छे यो तीन वर्षमा जम्मा ३ जना बाँचेको रहेछ। म बाँचेर हजुरसँग आउनु पाए। म तपाईहरुको शुभेच्छा, शुभकामना, प्रेरणा र सदभावको कारण मेरो पावर बढ्यो। त्यसकारण मैले यो बाँच्ने अवसर पाए। यो प्राप्त गर्नका निम्ति नेपाल सरकार, विभिन्न राजनीतिक पार्टीका नेताहरु, मेरो लामो समयसम्म राजनीतिक गरिरहनु भएका साथीहरुको सहयोगको कारणले मात्रै हामी यहाँ उपस्थित भयौं। म उहाँहरु सबैलाई आभार, धन्यवाद व्यक्त गर्न चाहन्छु। र, मलाई खुशी लागेको मैले अहिले थाहा पाए। जुन दिन दूर्घटना भएपछि औषधि उपचार गर्न लगियो। त्यही दिन नै सरकारले अर्को बन हस्पिटल बनाउने अर्को निर्णय गरेको रहेछ। यसलाई हामी सबैले मिलेर बनाउनु पर्छ। अब नेपालीहरुले बाहिर गएर हस्पिटल बनाउने होइन, यसको नेतृत्व हामीले गर्नु पर्छ। यसको नेतृत्व म गर्न तयार छु भन्ने कुरा म राख्न चाहन्छु।’

Like