एक सयभन्दा बढी औषधिको श्रीलङ्कामा अभाव
एजेन्सी,
श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने १०० भन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताएका छन्। सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपैयाँ (१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्ने गरेको उनले बताए। सरकारी अस्पतालमा एक हजार ३४७ प्रकारका औषधि प्रयोग हुँदै आएको तर यसमध्ये ११२ प्रकारका औषधिको अभाव रहेको उनले बताए। आफ्नो आग्रहमा अर्थ मन्त्रालयले थप ४० अर्ब रुपैयाँ ९१२ करोड ४० लाख डलर० थप गरेको जानकारी दिँदै उनले अभाव चाँडै अन्त्य हुने दावी गरे। श्रीलङ्काको आर्थिक सङ्कटका कारण सन् २०२२ देखि नै अस्पतालमा चिकित्सकीय अभाव देखिएको छ।
Like