प्राज्ञिक विधार्थी परिषदले गर्यो बृहत् सरसफाइ कार्यक्रम

Share to:

अन्जनराज न्यौपाने / तनहुँ बैशाख १६,

प्राज्ञिक विधार्यी परिषद् ब्यास नगर एकाई समितिले वृहत् नगर सरसफाइ कार्यक्रम अायोजना गरेको छ। विशेषगरी विधालय र क्याम्पस उमेर समुहका विधार्थी ,प्राज्ञिकबर्ग समाजसेवीहरुको सहभागीतामा विभिन्न उमेर समुहका विधार्थीहरुलाई ब्यवहारिक शिक्षा दिलाउन उक्त कार्यक्रम अायोजना गरिएको हो ।ब्यास जन्म भुमि शिवपांचायन मन्दिर परिसरमा उक्त सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै ब्यास नगरपालिका वडा नम्बर -३ का वडाअध्यक्ष अनुप रानाले ब्याक्तिलाई सकारात्मक , रचनात्मक र नैतिकवान बनाउने उदेश्यले प्राज्ञिक विधार्थी परिषद्ले बैज्ञानिक र ब्यवहारिक ज्ञान सिकाउन विगत लामो समय देखि प्रयत्नशील हुदै अाएको भन्दै प्रशंसा गरे। स्थानीय तहले गर्नुपर्ने काम प्राज्ञिक परिषद्ले गरेर समाजमा उदहारणीय र अनुकरणीय कार्य गरेको भन्दै वडाअध्यक्ष अनुप रानाले विधार्थीमा ज्ञान,शील र एकता अाजको प्रमुख अाबश्यक्ता भएको बताए ।कार्यक्रममा ब्यासका अध्येता काशीनाथ न्यौपानेले मानवले बाहिरी देखावटी ज्ञानले मात्र नभै भित्र मन सफा राख्न जरुरी भएको बताए । बेदानुयायी प्रतिष्ठानका संरक्षक गोविन्द बाबाले विश्व ब्रमाण्डमा शान्तिकालागि अहिंसा र परोपकारी कार्य नै मानवको सर्बोउतकृष्ठ कार्य भएको बताए । समाजसेवी डा,रघुनाथ न्यौपानेले परिषद्ले बैज्ञानिक र समय सान्दर्भिक सामाजिक कार्य गरेको भन्दै खुसी प्रकट गरे। कार्यक्रममा प्राज्ञिक ब्याक्तित्व युवा समाजसेवी मनोज रानाभाट लगाएतका बक्ताहरुले परिषद्ले गरेको विगत र बर्तमान कार्यको चर्चापरिचर्चा गरेका थिए। कार्यक्रम प्राज्ञिक विधार्थी परिषदका राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडाले गरेका थिए भने कार्यक्रमको समापन परिषदका नगर समिति संयोजक भाग्यशाली ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको थियोे ।

Like