अबैध लागू औषध सहित ३ जना पक्राउ
अन्जनराज न्यौपाने/तनहुँ, बैशाख २,
अबैध लागू औषध सहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा जिल्ला कास्की पोखरा महानगरपालिका -वडा नम्बर ३० का चन्द्रबहादुर गुरुङ, तनहुँ शुक्लागण्डकी- वडा नम्बर -२ कोत्रै बस्ने बर्ष ३५ का सुरज गुरुङ र दुलैगौडा वडा नम्बर -४ बस्ने बर्ष ३४ का खिम नारायण श्रेष्ठ रहेका छन्। उनीहरुको साथबाट ४३ थान डाईजेपाम, एमफुल फेनरागन-१ सय ५९ थान र ११ हजार नगद सहित जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्ठले बताए।
Like