अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

तनहुँ १ मा राप्रपा की शोभा गुरुंगको उम्मेद्वारी दर्ता

Share to:

अन्जनाराज न्यौपाने/तनहुँ, चैत्र २४,

आगामी बैशाख १० गते हुने तनहुँ क्षेत्र नम्बर १ को उप निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट शोभा गुरुङले उमेदवारी दिएकि छन् । हलो चुनाब चिन्ह लिएर प्रतिनिधि सभा सदस्य पदकालागि उमेदवारी दिएकि सोभा गुरुङले आफ्नो प्रचारप्रसारको अभियान तनहुँको प्रसिद्ध ऐतिहासिक एवं धार्मिक पर्यटकीय तिर्थ स्थल छाब्दी बाराही मन्दिरबाट शुरु गरेकि हुन् । तनहुँ क्षेत्र नम्बर १ अन्तरगत ब्यास नगरपालिका, भानु नगरपालिका, बन्दिपुर गाँउपालिका, आबुखैरेनी र देवघाट गाँउपालिकामा चुनाब प्रचारप्रसार अभियानलाई तिब्रता दिईने बताएकि छन् ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष विनोद घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीका ब्यास नगर अध्यक्ष आईतराम घले यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीकि गण्डकी प्रदेश उपाध्यक्ष चन्द्रवति पन्थलगगाएतका वक्ताहरुले तनहुँ जिल्लाको सार्वाङ्गिड् विकासकालागि राप्रपा नै अन्तिम विक्ल्प भएको बताए । राप्रपाकि केन्द्रीय सदस्य समेत रहेकि प्रतिनिधि सभा सदस्य पदकि उमेदवार सोभा गुरुङले तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले अत्याधिक बहुमत ल्याएर विजयी हुने बताईन्।

Like