नेपाल स्वयंसेवि रक्तदाता समाजका अध्यक्ष शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा भक्तपुर र ललितपुरमा कार्यक्रम सम्पन्न
रासंसा/भक्तपुर, ललितपुर, चैत्र ३,
मुलुकमा स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाकाे तेस्राे अधिबेशन सम्पन्न भएको छ । सुकुन्दामा दीप प्रज्वलित गरि उद्घाटन गरिएको उक्त जिल्ला अधिबेशनकाे बन्द-सत्रबाट नबिन महर्जनको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखा गठन भएको छ । जसमा उपाध्यक्ष राजु महर्जन,सचिव राजन महर्जन, काेषाध्यक्ष गंगा महर्जन सदस्यहरू क्रमशः दशबहादुर महर्जन,अनन्त प्रसाद श्रेष्ठ,निरोज महर्जन,राज कुमार महर्जन र सोनी श्रेष्ठ सर्वसम्मत निर्बिराेध चयन भएका छन् ।
यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखाकाे पनि आजकै दिनमा सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा तेस्राे जिल्ला अधिबेशन सम्पन्न भएको छ । पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरिएको उक्त कार्यक्रममा बिशेष अतिथि द्वय: नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य र नेपाल प्रहरी भक्तपुर जिल्ला परिसरका प्रमुख एस.पी. प्रजीत के.सी. र अतिथिहरू क्रमशः नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका अध्यक्ष नबिन महर्जन,भक्तपुर रक्त सञ्चार सेवाका ईन्चार्ज श्रीकृष्ण प्रजापती,नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका नव निर्वाचित जिल्ला कार्यसमिति सदस्य दशबहादुर महर्जन रहेका थिए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखा तेस्राे अधिबेशन तयारी समितिका संयाेजक मुक्तिसुन्दर जधारीकाे सभापतित्वमा आयाेजित साे कार्यक्रममा रक्तदान कार्यक्रमकाे उद्घाटन नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा स्वयंसेवी रक्तदाता शिव बालालाई रक्त संकलन थैली हस्तान्तरण गरेका थिए। साे रक्तदान कार्यक्रममा महिला तथा पुरू गरि जम्मा १६ जनाले रक्तदान गरेका थिए।
प्रथम सत्रकाे अाैपचारीक कार्यक्रम पश्चात् बन्द-सत्रबाट सद्दाम बालाकाे अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखाकाे नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । जसमा उपाध्यक्ष प्रमेश्वर जाेशी,सचिव सुरेश त्वायनाबासु,काेषाध्यक्ष साजन मान लाखा,सदस्यहरूमा क्रमशः रियाज कर्माचार्य,राेशिका जधारी,क्रिजन कर्माचार्य,चन्द्र प्रजापती,डा. निरज खत्री,रूपा भुजु,केबिन वासिंछ्याक:,उत्तमकृष्ण श्रेष्ठ, र चन्द्रकृष्ण श्रेष्ठ रहेका छन।

