नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ
अन्जनाराज न्यौपाने/तनहुँ, चैत्र १२,
मुलुकमा जिल्ला स्वास्थ्य कार्यालय तनहुँले विश्व क्षरोग दिवसको अवसरमा पत्रकार तथा जनप्रतिनिधि सग अन्तरक्रिया कार्यक्रम अायोजना गरेको छ। ब्यास नगरपालिकाको सभाकक्षमा उक्त कार्यक्रम अायोजना गरिएको हो ।विश्व भर क्षरोग निवारण गराउने उदेश्यका साथ उक्त कार्यक्रम अायोजना गरिएको जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख शकरबाबु अधिकारीले बताए ।उनले नियमित अौषधी सेवन गरे क्षरोग चाडैनै सन्चो हुने बताए ।प्रमुख अधिकारीले सन २०५० सम्ममा क्षरोग पुर्ण रुपले समाप्त गराउने अ:लक्ष्य रहेको जानकारी दिए। जिल्लाका ८५ वटा वडा र १० पालिकामा ब्यास नगरपालिकामा ७ सय ३५ जना क्षरोगी मध्ये ३ सय १३ जना सन्चो भएको बताए । दमौली अस्पतालका मेडिकल अधिकृत सुशील वि,कले क्षरोग स्वासप्रस्वासकाकारण बडी सर्नै बताए । एचआईभी एडस् रोगी ,फोक्सोका रोगी,कुपोषणका सिकार भएका विरामी लाई बडी रोग सर्नै बताए । कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख गंगालाल सुवेदी ,ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने ले नियमित अौषधी खाएर अाहार विहारमा ख्याल राख्न सके क्षरोग जरैदेखि निर्मुल हुने बताए । कार्यक्रमको संचालन ब्यास नगर जनस्वास्थ्य निरीक्षक लक्षमी गुरुङले गरेकिथिईन्।