अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

लाओससँग २-१ ले पराजित भुटान

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ११,

मुलुकमा प्रधानमन्त्री थ्री नेसन्स कपमा शनिबार लाओसले भुटानलाई २-१ गोलको नतिजामा पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको चौथो मिनेटमा बोङ्कोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एक गोल थप्दै दोस्रो खेलमा पहिलो जित निकाल्यो। बोङ्कोङले नै ७१औं मिनेटमा उत्कृष्ट गोल गर्दै लाओसको जित सुनिश्चित गरे। पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा भुटानी गोलकिपर छिरिङ डेन्डुप निरीह बनेका थिए। भुटानी कप्तान चेन्चो ग्याल्चेनले ३४औं मिनेटमा बराबरी गोल फर्काएका थिए। नेपालको एक खेलबाट तीन अंक छ। भुटानले फाइनल पुग्ने आशा कायम राख्न नेपाललाई पराजित गर्नुपर्ने दबाब छ। लिग चरणबाट शीर्ष दुई टिमले फाइनल खेल्ने छन्। जितसँगै लाओस फाइनल नजिक पुगेको छ। पहिलो खेलमा नेपालसँग २-० ले पराजित भएको लाओसले तीन अंक जोडेको छ। भुटानले मंगलबार नेपालसँग खेल्ने छ।

Like