आज दिउँसो काठमाण्डौका केही भागमा पानी पर्ने, अन्य भूभागमा कस्तो माैसम ?
रासंसा/काठमाण्डौ, चैत्र २,
मुलुकमा आज काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा दिउँसो पानी पर्ने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले काठमाण्डौसहित देशका विभिन्न भागमा क्ष्णिक वर्षाको सम्भावना रहेको .जनाएको छ। काठमाण्डौमा आज आइसोलेटेट रेनफलको सम्भावना देखिन्छ। आइसोलेटेट रेनफल भन्नाले खण्ड खण्डमा पानी पर्न सक्छ तर सबै भागमा भने पर्ने सम्भवना छैन। रत्नपार्कमा पर्दा एयरपोर्टमा नपर्न सक्छ र थोरै खण्डमा क्षणिक परेर रोकिन सक्छ’ माैसमविद् नगरकोटीले भनिन्। काठमाडौंमा अपरान्हतिर वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्। अहिले मौसम सफा भएपनि अपराह्नपछि बादल लाग्न सक्ने र केही भागमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले नागरिकन्यूजलाई बताइन्। आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग–२ कै अन्तिम खेलमा नेपालले पाहुना टोली संयुक्त अरब इमिरेट्स(युएई) विरुद्ध खेल्दै छ। आजको खेलमा जित निकाले नेपाल विश्वकपकाे छनोट खेल खेल्ने छ। तर वर्षाले वा अन्य कारणले खेल रद्ध भए नेपालको सपना चकनाचुर हुनेछ। त्यसैले आज काठमाडौंको मौसम अवस्थाबारे सबैको चासो बढेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरू तथा तराई भू–भागका एक–दुई स्थानमा अपराह्नतिर मेघगर्जनरचट्याङसहित क्षणिकरहल्कदेखि मध्यम वर्षाको सम्भावना छ । हाल देशमा प्रिमनसुनको समय रहेको छ। अहिले देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ। राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।