Wednesday, October 21, 2026
Latest:
अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

उड्ने तयारीमा रहेको जहाजभित्र जब एक यात्रु रुन थालेपछी ….

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २७,

मुलुकमा भारतको बैंग्लुरुका लागि उड्ने तयारीमा रहेको नेपाल वायु सेवा निगमको जहाजमा रहेकी एक महिला यात्रु जहाज उड्नुअघि रुवावासी गर्दै ओर्लिने भनेपछि सबै यात्रुलाई ओरालेर एक घण्टा ढिलो गरी जहाज उडाइएको छ । ती महिलालाई भने उडान रद्द गरी ललितपुरस्थित उनकै घर फिर्ता पठाइएको छ । उनले घरमा कोही व्यक्ति बिरामी भएकाले भारत जान नसकेको कारण दिएकी छन् । आरए २२५ उडानमा रहेकी ती यात्रु रोएपछि शनिबार दिउँसो २ बजे उड्नुपर्ने उक्त विमान एक घण्टा डिले गरिएको थियो । त्रिभुवन विमानस्थलस्थित टीडीओ कार्यालयका अनुसार महिला रुन थालेपछि जहाजमा शंकास्पद वस्तु रहेको आशंकामा सबै ११७ जना यात्रुलाई ओरालेर जहाजभित्र जाँच गरिएको थियो । निगमले जहाजभित्र सबै जाँच गरेर एक घण्टापछि थप यात्रुलाई यात्रा गराएको हो । महिलाको यात्रा भने रद्द गराइएको टिडीओ कार्यालयले जनाएको छ । उडान नियम अनुसार उड्ने बेला कोही यात्रुले जहाजभित्रै यसैगरी जान इन्कार गरेमा सबै यात्रुलाई ओरालेर जहाज जाँच गरेपछि मात्रै जहाज उडाइने टीडीओ कार्यालयले जनाएको छ ।

Like