अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

भिमला देवी माई संरक्षण तदर्थ समिति गठन

Share to:

सुमन मल्ल/काभ्रेपलान्चोक, फाल्गुण २६,

मुलुकमा बागमती प्रदेश बागमती अंचल काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर ९ र १० संगमस्थल ठकुरीछापसाथै बाकल पिपलबोटको भौगोलिक सिमाना पर्ने शक्ति पीठको रुपमा रहेको श्री भिमलादेवी माई तथा लक्ष्मी नारायण मन्दिर निर्माण गर्ने उद्देश्यले पशुपति अन्नपुर्णा आश्रमकी संरक्षक माता भद्रकालीको संरक्षकत्व रहने गरि एवं पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष तथा सभा द नेशन अनलाइन टेलिभिजनका संचालक के. बि. सम्राटको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

गत फाल्गुण २२ गते फागु पुर्णिमा तथा होलि पर्वको पावन अवसरमा होलि पर्व मनाउदै धुलिखेल नगरपालिका वडा नम्बर ९ र १० का स्थानीयबासीहरु समुपश्थितिमा वडा अध्यक्ष बद्रि प्रसाद हुमागाईं र गोविन्द प्रसाद उपाध्याय द्वयको रोहबरमा बैठक बसी यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय विकास गर्न प्रचार प्रसार गर्ने गरि भिमला देवी माईको मन्दिर निर्माण गर्ने उद्देश्यकासाथ निर्णय गरिएको थियो । सो निर्णय बमोजिम गत २५ गते वडाबासीहरुको भेला भइ उक्त श्री भिमलादेवी माई स्थानमा स्थानीय अध्यात्मिक एवं धार्मिक व्यक्तित्व धुन्नुराज शाही ठकुरीको अगुवाइमा राजेन्द्र के.सी. को अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरियो । सो तदर्थ समिति अनुसार उपाध्यक्षमा यदु कुमार मल्ल, सचिवमा सुमन मल्ल, कोषाध्यक्षमा अप्सरा खड्का चयन भएका छन् ।

यस्तै सदस्यहरुमा धुन्नुराज शाही ठकुरी, मोहन बहादुर मल्ल, शंकर गिरी, सीमा बस्नेत, गणेश बहादुर मल्ल, भरत बहादुर बस्नेत रहेका छन । उक्त तदर्थ समितिले कानुनि प्राबधान पुरा गर्न भेलाले समर्थन गरेको छ । सो भेला वडाका वडा सदस्य अशोक कुमार शाहलगायत बिशिस्ट व्यक्तिहरुको उपस्थिति थियो ।

Like