अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

मन्त्रिपरिषद् विस्तार उपराष्ट्रपतिको निर्वाचनपछि मात्र हुने

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २५,

मुलुकमा प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको जानकारी दिए। उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको जानकारी दिए। प्रचण्डले एउटा राजनीतिक कोर्स पूरा भएको बताए। उनले भने, ‘एउटा राजनीतिक कोर्स पूरा भएको छ। अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिनेतर्फ हुनेछ।’ आज भएको राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। राष्ट्रपति निर्वाचनको परिणाम घोषणापछि बिहीबार संसद् भवनबाट बाहिरिँदै गर्दा उनले भने, ‘हामीले गठबन्धनभित्र मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिरहेका छौं। अब उपराष्ट्रपतिको निर्वाचनपश्चात मात्र मन्त्रिपरिषद् विस्तार गर्छौं।’ प्रचण्ड नेतृत्वको सरकारमा अहिले नेकपा माओवादी केन्द्र र नेपाल जनमत पार्टी मात्रै रहेका छन्। पुष १० गते बनेको गठबन्धनबाट तोडेर प्रचण्डले राष्ट्रपति निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेपश्चात नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका थिए। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रचण्डले विश्वासको मत लिनुपर्ने छ । संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद् रहने व्यवस्था छ। प्रचण्डको काँधमा १६ मन्त्रालय रहेका छन्। नयाँ गठबन्धनमा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। ती मन्त्रालयहरूमा गृह, अर्थ, वन तथा वातावरण, युवा तथा खेलकुद रहेका छन्। यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास,कानून न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपक्षी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, महिला बालबालिका तथा जेष्ठ नागरिक, रक्षा मन्त्रालय प्रचण्डले सम्हालेका छन्। अब सरकारमा माओवादीको तर्फबाट मन्त्री बनेकाहरू उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटन मन्त्री सुदन किराँती, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, सामान्य प्रशासन मन्त्री ओमनलाल मोदी र पर्यटन राज्यमन्त्री सुशील श्रीपाली रहेका छन्।

Like