युएई विरुद्धको खेलमा नेपाल ४२ रनले विजयी

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २२,

मुलुकमा नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा १८७ रन बनाउँदा सबै विकेट गुमायो र नेपाल ४२ रनले बिजयी भयाे । त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो। नेपालका लागि भिस सार्कीले सबैभन्दा वढि ७० रनको योगदान दिए । आरिफ शेखले नटआउट ४३ रन बनाए । कुसल मल्लले ३२ रन तथा सन्दीप लामिछानेले २७ रन बनाए । यूएईलाई जम्मा १८७ रनमा सिमित राख्न सोमपाल कामी र दिपेन्द्रसिंह एैरीले तीन तीन विकेट लिए । त्यसैगरी सन्दीप लामिछाने , करन केसी र आरिफ शेखले एक एक विकेट लिए । यूएईको एक विकेट रनआउट बाट गएको हो । पाँचौ स्थानको उक्लिएको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा झरेको छ। पुछारको ‍पिएनजीको ३२ खेलबाट ९ अंक छ।

Like