नेपाल द्वारा युएई ७ रनले पराजित, नेपाल यु–१९ ले खेल्ने भयो विश्वकप,

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १८,

मुलुकमा आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको छ। नेपालका लागि हेमन्त धामिले ४२ ओभर २ बलमा युएईका इथान कार्ल डिसुजालाई आउट गरेका हुन् भने दिपेस कडेलले ३४ ओभर ३ बलमा युएईका ध्रुव पराशरलाई आउट गरेका छन्। नेपालले युएईलाई ७ रनले पराजित गरेको हो। १९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १० विकेट गुमाएर १८४ रनमात्र बनायाे। सुबास भण्डारीले २१ ओभर ६ बलमा युएईका आयान अफजल खानलाई आउट गरेका हुन्। त्यस्तै २० ओभरमा यूएईका आरेन सक्सेनालाई दिपेस कडेलले आउट गरेका हुन्। सुबास भण्डारीले १८ ओभरमा यूएईका आरेनस शर्मालाई आउट गरेका हुन्। नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीए इनिङ खेले। देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए। यसअघि अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो। त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरेका थिए। नेपालका लागि दिपेश कडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरेका थिए। प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको थियो। बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिएका थिए भने हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिएका थिए।

Like