जी-७ राष्ट्रहरूलाई युक्रेनलाई सहयोग गर्न ऋषि सुनकको आग्रह
एजेन्सी,
विश्वमा बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबारको जी-७ बैठकमा अन्तरराष्ट्रिय समुदायलाई युक्रेनलाई सहयोग गर्न आग्रह गरेका छन्। उनले जारी द्वन्द्वका बीच युक्रेनलाई जेट उपलब्ध गराउन सक्षम राष्ट्रहरूलाई बेलाइतको समर्थन रहेको आशय व्यक्त गरेका छन्।
प्रधानमन्त्री सुनक रुस विरुद्धको लडाइँमा सबै युक्रेनीहरूको बलिदानीलाई सम्मान गर्न बिहान ११ बजे (स्थानीय समय) डाउनिङ स्ट्रिटमा सैन्य कर्मचारीहरूसँग सामेल हुनेछन्। सो अवसरमा प्रधानमन्त्री सुनक र बेलाइतका लागि युक्रेनी राजदूत वाद्यम प्रिस्टाइकोले डाउनिङ स्ट्रिटमा युक्रेनी सशस्त्र बलका सदस्यहरू र सरकारको इन्टरफ्लेक्स प्रशिक्षण कार्यक्रमलाई समर्थन गर्ने १० राष्ट्रका प्रतिनिधिहरूलाई सहभागी हुनेछन् । उनले विश्व नेताहरूलाई युक्रेनमा नागरिक पूर्वाधारको रक्षा गर्न र फ्रन्ट लाइन डिफेन्सहरू जोगाउन मद्दत गर्नुपर्ने भन्दै तत्काल रुस विरुद्धको द्वन्द्वमा मद्दत गर्न आग्रह गरेका हुन्। प्रधानमन्त्री सुनकले यसअघि बेलाइतको भ्रमणका क्रममा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्क्सीसँग लामो दूरीका हतियार समर्थन गर्ने बारे उल्लेख गरेका थिए। प्रेस विज्ञप्तिमा ऋषि सुनकले उल्लेख गरेका छन्, ‘हाम्रो महादेशमा युद्ध सुरु भएको एक वर्ष पूरा भएको बेला म सबैलाई हाम्रा युक्रेनी साथीहरूको साहस र बहादुरीलाई प्रतिबिम्बित गर्न आग्रह गर्दछु । युक्रेनीहरूले २४ घण्टा वीरतापूर्वक आफ्नो देशको रक्षार्थ लडेका छन्। यस भयानक द्वन्द्वमा बेलाइत युक्रेनको साथमा काँधमा काँध मिलाएर उभिएकामा मलाई गर्व छ। म आज डाउनिङ स्ट्रिट बाहिर बहादुर युक्रेनी सैनिकहरूको साथमा उभिएकामा मेरा विचारहरू ती सबैसँग ऐक्यबद्ध हुनेछन् ।’
