अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

क्रिकेट खेलाडी विकटमा पनि उत्पादन गर्छौं, क्यान अध्यक्ष चन्द

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १३,

मुलुकमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले मुलुकका विकट क्षेत्रमा पनि क्रिकेट खेलाडी उत्पादनमा क्यान लागिरहेको बताएका छन्। क्यानले अब मुलुकका विकट क्षेत्रमा पनि क्रिकेट खेलाडी उत्पादन गर्ने हेतुले सुर्खेतमा केन्द्रीय साधारण सभा राखिएको बताए। क्यानको साधारणसभाका लागि सुर्खेत आएका अध्यक्ष चन्दले कर्णालीमा पुरुष क्रिकेट खेलाडीको उत्पादन भएपनि महिला खेलाडी नभएको बताए। उनले प्रदेश सरकारले कर्णालीमा क्रिकेटका लागि खेल पूर्वाधार गर्नका लागि ध्यान नदिएको बताउँदै सरकारलाई पनि यस प्रति ध्यनाकर्षण गराउने बताए। दुई दिनसम्म सञ्चालन हुने क्यानको साधारण सभामा ४५ जिल्लाका प्रतिनिधि, प्रदेश प्रतिनिधि २१ जना, १७ जना केन्द्रीय सदस्य, तीन जना पर्यवेक्षक, एम्पायर र कोच एक/एक जना गरी करिब ८७ जना सहभागी हुने छन्। कर्णालीमा पहिलो पटक क्यानको वार्षिक साधारणसभा आइतबारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु हुँदैछ। कर्णालीमा क्रिकेट पूर्वाधारको कमी छ। तर पनि पछिल्लो पुस्ताका युवाहरूमा क्रिकेटको क्रेज बढिरहेको छ। कर्णालीमा राष्ट्रियस्तरका प्रतियोगिता गर्न सक्ने खालका पूर्वाधार बन्न आवश्यक छ। यस साधारणसभामा यो वर्षको प्रस्तावित बजेट, कार्ययोजना र यो वर्षभरी भएका उपलब्धी बारे छलफल हुनेछ।

Like