कतार र मालिन्दोको जहाज करिब १ घण्टापछि अवतरण

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन १२,

मुलुकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावा तीव्र गतिले गर्दा अवतरण गर्न नसकेको दुई वटा अन्तर्राष्ट्रिय विमान करिब १ घण्टापछि अवतरण गरेको छ। कतार एयरवेजको फलाइट नम्बर क्यूटीआर ६४६ र मालिन्दो एयरको एमएक्सडी १८६ साँझ ६ बजेर १८ मिनेटमा अवतरण गरेका हुन्। शुक्रबार जहाज अवतरण गर्ने स्थान तर्फको हावा तीव्र भएको कारण कतारबाट आएको कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरले करिब १ घण्टापछि अवतरण गरेका हुन्। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कतार एयरवेजको साँझ ५ बजेर ५५ मिनेट र मालिन्दो एयरको साँझ ६ बजेर १८ मिनेटमा अवतरण गरेका हो। कतार एयरवेजको जहाज करिब १ घण्टा र मालिन्दोको करिब १ घण्टा १५ मिनेट काठमाडौँको आकाशमा उडेको थियो।

Like