गोंगबु घटनामा प्रहरीको गाडी आगजनी गरेको र मोबाइल लुटेको आरोपमा ६ जना पक्राउ
रासंसा/काठमाण्डौ, फाल्गुन ३,
मुलुकमा प्रहरीले बालाजुमा गत सोमबार भएको आन्दोलन प्रहरीको गाडीमा आगजनी तथा तोडफोड गरेको र नयाँ बसपार्कस्थित ल्होत्से मलमा रहेको मोबाइल पसलबाट मोबाइल लुटेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेको छ। सामाजिक सञ्जालमा बाहिरिएका भिडिओ, फुटेज, र फोटोहरुको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा जिल्ला दैलेख भगवती गा.पा. वडा नं. ३ घर भई हाल काठमाडौँ जिल्ला तारकेश्वर बस्वे वर्ष २४ को चिरन रेग्मी। जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नं.२६ सामाखुसी बस्ने वर्ष ३५ को नविन खड्गी। जिल्ला रुपन्देही खैरेनी न.पा. वडा नं. ५ स्थायी वतन भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. २६ बस्ने वर्ष २२ को सुजन खत्री। जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं.४ स्थायी वतन भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. १५ स्वयम्भु बस्ने वर्ष १८ को प्रदिप बस्नेत। जिल्ला उदयपुर बलमता गा.पा.वडा नं.०२ घर भई हाल काठमाण्डौ तार्केश्वर न.पा.वडा नं.१०, मनमैजु वस्ने पर्शुराम राईको छोरा वर्ष ४० को बिक्रम राई। जिल्ला नुवाकोट पञ्चकन्या गा.पा.वडा नं.०३ घर भई हाल काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं.०३ बानियाटार वस्ने कुल बहादुर भण्डारीको छोरा वर्ष ३० को रामहरी भण्डारी छन् ।
