सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ : केपी ओली
रासंसा/काठमाण्डौ, माघ २९,
मुलुकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन्। सरकारलाई काम गर्न नदिने तत्वहरू सक्रिय रहेको उनले बताए। ओलीले देशलाई माया गर्ने, देशका समस्या समाधान गर्ने शक्तिहरू पनि रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे। आइतबार झापाको गौरादह-४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएको र त्यही सरकारलाई ढाल्ने अनेक प्रकारका षडयन्त्र भइरहेको बताएका हुन्। उनले एमाले सदैव विकासको पक्षमा रहेको र एमाले सरकारकै पालमा विकासका धेरै कामहरू भएको बताए।
Like